बिरौटामा ओमको शाखा «

बिरौटामा ओमको शाखा

ओम डेभलपमेन्ट बैंकले पोखराको बिरौटामा शाखा विस्तार गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले उक्त शाखाको बिधिवत् उद्घाटन गरेका हुन् । विशेष अतिथि पोखरा महानगरपालिका–१७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले शाखाको एटीएम उद्घाटन गरेका थिए ।
बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले बैंकका विविध पक्षहरूको जानकारी गराएका थिए भने प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकले हालसम्म ५३ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर, एउटा शाखारहित बैंकिङ सेवा र १६ वटा एटीएम मेसिनबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बताए । बैंकले चैत मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन, १७ अर्ब ९ करोड कर्जा लगानी गरी २६ करोड ६३ लाख खुद मुनाफा आर्जन गरेको बताइएको छ ।
बैंकले जर्मनको केएफडब्लू डेभलपमेन्ट बैंकको सहकार्यमा शाखाहरूबाट कृषि तथा लघुउद्यम कर्जाअन्तर्गत सर्वसुलभ रूपमा २ लाखदेखि ४० लाखसम्मको कर्जा लगानी गरिरहेको छ भने बिनाधितो १५ लाखसम्म प्रोफेसनल कर्जा र निःशुल्क आस्बा सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) नेटवर्कको भिजा कार्ड शीघ्र वितरण गर्न लागेको प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्