Logo

शैक्षिक सामग्री प्रदान

एभरेस्ट बैंक खाँदबारी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस पटक खाँदबारीका साहाराविहीन बालबालिकाहरूलाई शैक्षिक सामग्री र खाद्यान्न उपलब्ध गराएको छ । बैंकले खाँदबारी १० नयाँ बजार नजिकै रहेको ८ बालबालिकालाई ८ हजार रुपैयाँ बराबरको सामग्रीहरू वितरण गरेको हो ।
यसपटक ८ बालबालिकालाई शैक्षिक सामग्री र दुई बोरा चामल उपलब्ध गराएको एभरेस्ट बैंक खाँदबारी शाखाका प्रबन्धक विकास गिरीले जानकारी दिए । बैंकले वार्षिक रूपमा दुई पटक असहायहरूलाई सहयोग गर्दै आएको समेत उनले जानकारी दिए । वित्तीय संस्थाहरू बढी नाफामुखी मात्र नभएर सेवामुखी पनि हुनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्