सिभिल ट्याब बैंकिङको शुभारम्भ «

सिभिल ट्याब बैंकिङको शुभारम्भ

सिभिल बैंकले ग्राहकहरूको सुविधाका लागि ‘घरमै बसिबसी बैंकिङ –खुसी–खुसी’ भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा सुरु गरेको छ । काठमाडौँमा बुधबार आयोजित एक समारोहबीच, मुख्य अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गरे ।
सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरूलाई सहज बैंकिङ सुविधाहरू घर–दैलोमै उपलब्ध गराउने उद्देश्य अनुरुप यो सेवाको सुरुवात गरिएको भन्दै बैकले सिभिल ट्याब बैंकिङ सेवा लिन चाहने ग्राहकहरूले आफ्नो घर, अफिस वा आफूले चाहेकै स्थानमा झन्झट रहित तरिकाले खाता खोल्न, चेक डिपोजिट गर्न तथा अन्य बैंकिङ सुविधाहरू लिन सक्ने बताएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले, सहजै खाता खोल्न र आफूले चाहेकै ठाउँबाट बैंकिङ सेवा सुविधाहरू लिन चाहने धेरैभन्दा धेरै ग्राहकहरू यस सेवाबाट लाभान्वित हुने कुरामा विश्वस्त भएको बताए । सिभिल बैंकले हालसम्म ३६.९६ अर्ब रुपैयाँ निक्षेप परिचालन गरिसकेको छ भने ३६.२८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको कुल शाखा संख्या ६० पुगेकोे बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्