Logo

व्यापारीलाई सुरक्षाको प्रत्याभूति

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यापारीमाथि हुने अनावश्यक दबाब, दुव्र्यवहार एवं चन्दा आतंकको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक शान्ति सुरक्षामा नेपाल प्रहरीको नयाँं सुरक्षा रणनीतिका बारेमा बिहीबार राजधानीमा गरेको अन्तक्र्रियामा प्रहरी महानिरीक्षक खनालले व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिने बताएका हुन् । उनले गुण्डागर्दी, उद्योग व्यापारीलाई हतोत्साहित गर्ने जोसुकैलाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाए ।
प्रहरी महानिरीक्षक खनालले आफूले निष्पक्ष रुपमा सबैलाई सेवा दिने वचन दिँदै राम्रा व्यवसायी र नागरिकका लागि मैत्रीपूर्ण व्यवहार हुने बताए । तर, अपराध गर्ने व्यक्ति जुनसुकै नाम र भेषमा आए पनि प्रहरीले नछाड्ने उनले स्पष्ट पारे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्धक्कका साथ व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरे । उनले आर्थिक समृद्धिका लागि शान्ति सुरक्षाको प्रत्याभूति पहिलो आधार भएको भन्दै शान्ति सुरक्षा विना आर्थिक समृद्धि सम्भव नहुने बताए ।
नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य एवं नेपाल प्रहरीका पूर्वएआईजी नवराज ढकालले शान्ति सुरक्षा कायम गर्न बिना बर्दीका प्रहरी (नागरिक) को भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्