कुलप्याड कुल टुमा पनि डुअल क्यामरा «

कुलप्याड कुल टुमा पनि डुअल क्यामरा

चिनियाँ टेक कम्पनी कुलप्याडले कुलप्याड स्मार्टफोनको सेकेन्ड भर्सन कुलप्याड कुल टु सार्वजनिक गरेको छ । कम्पनीले कुल वानको सफलताको निश्कर्ष निकाल्दै डुअल रियर क्यामरा सहितको कुल टु चीनमा सार्वजनिक गरेको हो ।
कुलप्याड कुल टु मा ४ जीवी ¥याम र ६४ जीवी स्टोरेज रहेको छ । फोनमा ५.७ इन्चको १८ः९ रेसियो भएको रिजोल्यूशन १४४० गुणा ७२० पिक्सेलको डिस्प्ले राखिएको छ । फोनको डिस्प्लेमा २.५ डी कब्र्ड ग्लास प्रयोग गरिएको छ भने यसको डिस्प्ले कुनाहरूमा केही घुमाउदार रहेको छ । मिडिया टेक एमटि ६७५० चीपसेट प्रोसेसर रहेको फोनको अपरेटिङ सिस्टम नूगट ७.० भर्सन रहेको छ । ड्यूल सिम कार्डसहित मेमोरी कार्डको लागि छुट्टै स्लट राखिएको छ ।
क्यामरामा १३ मेगापिक्सेलको मुख्य र अर्को ०.३ मेगापिक्सेलको सहायक क्यामरा रहेको छ । सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । कुलप्याडको कुल २ स्मार्टफोनमा ३,२०० एमएएचको नन रिमुभेबल ब्याट्री छ भने पछाडिको भागमा फिंगरप्रिन्ट राखेको छ । यो फोन चीनमा सार्वजनिक भएपनि कम्पनीले आधिकारिक रूपमा कहिलेदेखि उपलब्ध हुनेछ र यसको मूल्य कति भन्ने सार्वजनिक गरेको छैन ।
कम्पनीले नयाँ फोन भने निकै समयपछि मात्र सार्वजनिक गरेको हो । कम्पनीले गत वर्ष कुलप्याड कुल वानको नेपाल पनि एक भव्य कार्यक्रम गरी सार्वजनिक गरेको थियो । कुल टु नेपालमा कहिले ल्याइन्छ भन्ने हाल सार्वजनिक भैसकेको भने छैन । कुल वान नेपाल भित्र्याउँदा कम्पनीले देखाएको सक्रियता र नेपालमा देखिएको मार्केटिङका कारण कम्पनीको यो मोडेल पनि छिटै नेपाल भित्रने अनुमान गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्