बजार मूल्यमा टेनसेन्टले फेसबुकलाई उछिन्यो

५ खर्ब मूल्यांकन नाघेको १ दिनपछि चिनियाँ इन्टरनेट कम्पनी टेनसेन्टले बजार मूल्यका आधारमा फेसबुकलाई उछिनेको छ । मंगलबार टेनसेन्टको सेयर मूल्य ४३९.६ हङकङ डलर कायम भएको थियो । सेयरको यो मूल्यसँगै कम्पनीको बजार पुँजीकरण ४.१७ ट्रिलियन हङकङ डलर अर्थात ५३४.५ अर्ब अमेरिकी डलर पुगेको छ ।
चिनियाँ फर्मको मूल्यले फेसबुकको बजार पुँजीकरण ५१९.४ अर्ब डलरलाई उछिनेको छ ।
सोमबारनै टेनसेन्टले ५०० अर्ब डलरको पुँजीकरण पु¥याउने चिनियाँ कम्पनीमा अलिबाबााई उछिनेको थियो । टेनसेन्ट अमेजनको ५४२.७ अर्बको मूल्यांकनको नजिक पनि पुगेको छ ।
टेनसेन्ट २००४ मा हङकमा प्रति सेयर ३.७० हङकङ डलर सहित सार्वजनिक कम्पनीको रुपमा गएको थियो । त्यसयताको समयमा कम्पनीको सेयरमा ११ हजार प्रतिशतले वृद्धि भइसकेको छ । यो वर्ष मात्रै टेनसेन्टको सेयरमा १२६.६९ प्रतिशतले वृद्धि भइसकेको छ ।
अझैपनि कम्पनी चीन बाहिर राम्रो रुपम परिचित भएको छैन ।
अनलाइन र मोबाइल गेम टेनसेन्टको व्यवसायको प्रमुख हिस्सा बन्दै आएका छन् । यो विभागले गत त्रैमासिक अवधिमा ४ अर्ब डलरको आम्दानी गरेको थियो ।