‘जलविद्युत्को जोखिम घटाउन बिमा’ «

‘जलविद्युत्को जोखिम घटाउन बिमा’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष शैलेन्द्र गुरागार्इंले जलविद्युत्को जोखिम घटाउनका लागि बिमा अवश्यकता रहेको बताएका छन् ।
हिमालयन जेनेरल इन्स्युरेन्स कम्पनीले इप्पान र र मार्सको सहआयोजना भएको हिमालयन जेनेरल इन्स्युरेन्स समिट अन हाइड्रोपावर २०१८ मा बोल्दै इप्पान अध्यक्ष गुरागाईंले जलविद्युत् आयोजना जोखिमपूर्ण रहेकोले बिमा अत्यावश्यक भएको बताएका हुन् । “अब राष्ट्र विकासको मेरुदण्डको रूपमा रहेको जलविद्युत् आयोजनाको जोखिम न्यूनीकरणका लागि बिमा अतिआवश्यक छ,” उनले भने ।
हिमालयन जेनेरल इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचर्यले ऊर्जा प्रवद्र्धनका लागि अतिआवश्यक बिमाका पक्षहरू समेटी परिपक्व बिमा नीति आवश्यक रहेको बताए । इप्पानका सदस्य आशिष गर्गले जलविद्युत् आयोजनाहरुलाई लक्षित गरी प्रयोगमा रहेको बिमाले आयोजनाको जोखिम घटाउन धेरै सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्