युएईमा बुद्ध जयन्ती मनाइने «

युएईमा बुद्ध जयन्ती मनाइने

युएई : युएईमा वैशाख २८ गते शुक्रबार बुद्ध जयन्ती मनाइने भएको छ । आगामी मे ११ तारिख अर्थात वैशाख २८ गते शुक्रबार अल्कुसको डल्सको हलमा हुन लागेको संयुक्त बुद्ध जयन्ती कार्यक्रममा सबैलाई सहभागीहुन कार्यक्रम संयोजक डि आर.गुरुङले आग्रह गरेका छन् ।
सोमबार एक सूचना जारी गर्दै बिगतका बर्षमा जस्तै यस बर्ष पनि सबै मिलेर भगवान गौतम बुद्धको २५६२ औ बुद्ध जयन्ती मनाउन उनले आग्रह गरेका हुन् । गत बर्ष युएईमा रहेका ४६ नेपाली संघ, सस्था र ब्यबसायीहरु एकै ठाउँमा भेला भइ बुद्ध जयन्ती मनाईएको उदाहरण दिदै उनले यस बर्ष पनि युएईमा रहेका ब्यबसायी र सामाजिक संघ, सस्था लाई आयोजक बन्न आग्रह गरेका छन् ।
संयुक्त बुद्ध जयन्ती मनाउन तयार गारिको समितिले हाललाई कामको बाँडफाँट गरेको छ । आयोजक हुन चाहने संघ सस्था र ब्यबसायीहरुसंग समन्वयको लागि मणि भुर्तेल संयोजक रहने गरि पर्शुराम पौडेल, भिम हमाल, फलेन्द्र बलाम्फी मगर र ओम कुमारी खाँड लाई तोकिएको छ । यस्ैगरि, प्रचारप्रसारको संयोजकमा गोबिन्द ढकाल र मिडिया कोडिनेसनको जिम्मेवारी नेपाल पत्रकार महासंघ युएई शाखालाई दिइएको छ ।
इस्तै, एकेन्द्र बहादुर थापा आर्थिक बिभाग प्रमुख रहेको समितिले आयोजक हुन इच्छुक संघ सस्था वा ब्यबसाय सस्थाले शुक्रबारभित्र ३०० दिराम सहित सम्पर्क राख्न आग्रह गरिएको छ भने आयोजक सस्थाले १० टिकट अनिवार्य बेच्नुपर्ने पनि जनाईएको छ । कार्यक्रम लगतै कार्यक्रम नाफामा गएको खण्डमा आयोजकले लगानी गरेको ३०० दिराम फिर्ता गरिने छ । कार्यक्रममा टिकटको मूल्य २५ दिराम राखिएको छ भने यातायातको ब्यबस्था गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्