प्रभु बैंक लिमिटेडको शाखा पर्वतको बिहादीमा «

प्रभु बैंक लिमिटेडको शाखा पर्वतको बिहादीमा

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरूलाई सरल र सहज रूपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले पर्वत जिल्लाको विहादी गाउँपालिका–४ मा विहादी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको उक्त शाखा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालबाट एक समारोहका विच समुद्घाटन भएको हो ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।
सञ्चालनमा आएका बैंकका विहादी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरू, फर्म, कम्पनी तथा संघ–संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुका साथै उक्त गाउँपालिकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्