सुनिताले जितिन् नर्सिङ आइडल «

सुनिताले जितिन् नर्सिङ आइडल

‘नर्सिङ आइडल २०१८’ को उपाधि सुनिशा विष्टले जितेकी छन् । ग्रान्डी हस्पिटलमा कार्यरत स्वास्थ्य परिचारिका विष्टले मंगलबार प्रतियोगितामा १८ प्रतिद्वन्दीलाई पछि पार्दै नर्सिङ आइडल २०१८ उपाधि जितेकी हुन् ।
अमेजन इन्टरटेन्मेन्टले मंगलबार राजधानीमा आयोजना गरेको उक्त प्रतियोगितामा सुजिता खत्री फष्ट रनरअप तथा जेनिशा थापा सेकेन्ड रनरअप घोषित भएका थिए । विजेता विष्टले उपाधिका साथमा विभिन्न उपहार प्राप्त गरिन् भने फष्ट रनरअप तथा सेकेन्ड रनर अपले पनि उपाधिका साथमा विभिन्न उपहार जिते ।
नर्सिङ पेशामा आबद्ध भएका र अध्ययन गर्दै गरेका स्वास्थ्य परिचारिकाहरुको सौन्दर्य एवं बौद्धिकताको प्रतियोगिताका रुपमा आयोजित यो प्रतियोगिता ‘नर्सिङ आइडल’ को पहिलो संस्करण भएको बताउँदै आयोजक अमेजन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले यो पेशागत प्रतियोगिता भएको हुनाले विवाहित तथा अविवाहित दुवै प्रतियोगीहरुले प्रतिस्पर्धा गरेको बताए ।
उक्त प्रतियोगितामा बेस्ट ट्यालेन्ट रिचा कार्की, बेस्ट क्याटवाक जेनिशा थापा, बेस्ट पर्सानालिटी जेबिका श्रेष्ठ, बेस्ट फोटोजेनिक प्रिया शर्मा, बेस्ट स्माइल सुजिता खत्री, बेस्ट डिसिप्लिन सेलिना चौलागाईं, बेस्ट कम्प्लेक्सन आस्था गुरुङ, बेस्ट हेयर रिना केसी, मस्ट चार्मिङ शर्मिला लामा, मस्ट इन्टिलजेन्ट सुनिशा विष्ट, मस्ट स्मार्ट अस्मिता गिरी, मस्ट एक्टिभ वर्षा दंगाल, मस्ट पक्चुएल कबिना श्रेष्ठ, मस्ट कन्फिडेन्ट समिक्षा गुरुङ, मस्ट अट्राक्टिभ शिला शिल्पकार, नर्सिङ पब्लिक च्वाइस रिचा कार्की र मस्ट पपुलर कबिना श्रेष्ठ विजेता घोषित भएका छन् ।
मोडेल, कोरियोग्राफर तथा भिजे कला सुब्बा प्रमुख निर्णायक रहेको उक्त प्रतियोगितामा मिस नेपाल वल्र्ड २००५ सुगारिका केसी, डा. प्रोफेसर सुशिला मल्ल, मोडेल तथा नायक दिक्पाल कार्की, सञ्चारकर्मी सुमित राणालगायत पनि निर्णयक मण्डलीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्