Logo

सेञ्चुरी कमर्सियल बैंकमा गौतमले कार्यभार सम्हाले

सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा तुलसीराम गौतमले बुधबारदेखि कार्यभार सम्हालेका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गौतमलाई बैंकको सञ्चालक समिति तथा कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले स्वागत गरे । विगत ७ महिनादेखि नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले कायम मुकामय प्रमुख कार्यकारी अधिकृत भई कार्यभार सम्हाली बैंकलाई सफलताका साथ अगाडी बढाएका थिए । गौतम अनुभवी बैंकर हुन् ।
नेपाल बैंकबाट बैंकिङ सेवा सुरु गरेका गौतमले उक्त बैंकमा १३ वर्ष काम गरेका थिए । त्यसपश्चात् उनले नेपाल इन्डोस्वयज बैंकमा ७ वर्ष, नेपाल एसबीआई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुछ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा रही ४ वर्षको कार्यकाल पूरा गरेका थिए । गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ र वित्त विषयमा स्नातकोत्तर गरेका छन् । उनको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ जगतमा विशिष्ट पहिचान बढाउँदै अगाडि बढ्ने बैंकको विश्वास रहेको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्