रारामा होटलवालाको ‘ब्रह्मलुट’ «

रारामा होटलवालाको ‘ब्रह्मलुट’

रारा पर्यटन वर्ष उद्घाटन भएपछि त्यहाँका होटलहरूले सबै चिज महँगो बनाइएको छ । यहाँ उनीहरूको मनोमानी चलेको छ । सबै वस्तुको भाउ बढाएका छन् । पहिले २ सयमा पाउने सादा खाना अहिले साढे ३ सय गरेका छन् । तर, रहेक चिजमा पहिलेको भन्दा १ सय बढीले महँगो गरेको पाइएको छ । उनले भने, “पर्यटन वर्षको उद्घाटन भएसँगै रारा जाने पर्यटकहरूको संख्या बढ्दै छ ।” तर, होटलवालाहरूले भने, “रारामा ब्रह्मलुट मचाइरहेको उनको भनाइ छ ।”
अर्का जुम्लाबाट रारा गएका स्थानीय खड्कजित रोकायाले भने, “होटल सञ्चालक सबै ठूलाबडा छन् । मनपरी मूल्य भन्दै स्थानीयलाई सास्ती दिने बाहेक अरू केही नभएको बताए । छिमेकी जिल्लाबाट गएकाहरूलाई यति सास्ती प¥यो ।”
उनले थपे, बाहिरबाट आउने पर्यटकहरूको त ढाडै सेकिएको उनको दाबी छ । रारा गएर फर्केका सबैले व्यवस्थापनमा राम्रै गरेको भए पनि होटलवालाहरूले हरेक चिजमा एकाधिकार जमाएको पाइएको छ । घुम्न जाँदा सामान्य खाजा खान सकिने अवस्था छैन ।
कर्मचारीकै मिलेमतो देखियो
राजनीतिक शक्तिको आड र रारा राष्ट्रिय निकुञ्जका कर्मचारीसँगको मिलेमतोमा रारा तालमा होटल व्यवसायीले ‘ब्रह्मलुट’ मच्चाएको विज्ञहरूले बताएका छन् । रारा तालको किनारमा होटल गर्ने सबै नेता तथा सांसदहरू मात्रै छन् ।
मुगु स्थानीय राजकुमार बुढाले भने, “होटल सञ्चालकहरूले निकुञ्जलाई सस्तो मूल्य पनि भाडा नतिरेर चलाइरहेका छन् ।” तर, पनि पर्यटकहरूलाई निकै महँगो गरेर खुवाउने गरेका छन् । नेपाली सेनाको रासनपानी ठेक्का लिँदै आएका एमाले नेता गोपाल बमले दुई दशकदेखि रारामा डाँफे होटल चलाएका छन् ।
माओवादी केन्द्रका नेता राजु कार्कीले तीन वर्ष अघिदेखि भिलेज हेरिटेज एन्ड रिसोर्ट खोलेका छन् । अघिपछि त्यति व्यापार नभएपनि पर्यटन वर्षको अवसर पारी मनपरी गर्नु स्वाभिमानी नभएको उनको बुझाइ छ । मुनाफा विनाको व्यवसाय हँुदैन ।
उनले भने, “नाफा कमाउनकै लागि पनि समयको फाइदा उठाइ नागरिकलाई सास्ती दिनु उचित नभएको बताए ।” राजनीतिक पहुँचकै कारण उनीहरूले सस्तोमा निकुञ्जको जमिन र भवन भाडामा मिलाएर होटल चलाएको देखिन्छ । गोपाल बम मुगुबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् ।
बमले चलाएको २०० जना क्षमताको होटलले निकुञ्जलाई मासिक २७ सय रुपैयाँ तथा कार्कीले चलाएको १५० जना क्षमताको रिसोर्टले निकुञ्जलाई मासिक ५ हजार मात्र भाडा तिर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ । आम्दानीको तुलनामा भाडा धेरै तिरेका छन् । नत सुलभ सेवा नै दिएका छन् । खाली कमाउने तरिकाले मात्रै होटल सञ्चालन गरेको मुगुकै स्थानीय नन्द रोकाया बताउँछन् ।
निकुञ्जका प्रमुख चन्द्रशेखर चौधरीका अनुसार होटलवालले निकुञ्जलाई तिर्ने भाडा धेरै सस्तो छ । मेरो कार्यकालभन्दा अगाडिका हाकिमका पालामा होटलवालाहरूसँग सम्झौता भएको रहेछ । अहिले सम्झौता अवधि केही वर्ष बाँकी भएकाले मात्रै निकुञ्जले तिनलाई हटाउन नसकेको बताए ।
सरसफाइका दृष्टिले निकुञ्ज आसपासका क्षेत्रमा होटल नै चलाउनु राम्रो पक्ष होइन । होटलहरू निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाउनु पछ । अब अहिले सञ्चालित होटलको सम्झौता अबधि सकिएमा चाँडै सार्न पहल गरिने बताए । सिजनमा दिनमै सयौं पर्यटकले दुवै होटल खचाखच हुन्छन ।
होटलका सामान्य कोठामा एक रात बसेको १२ सय रुपैयाँ तिर्नुपर्छ भने अट्याच बाथरुमसहितका कोठाको १५ सय रुपैयाँ त्यस्तै सादा खानाको ३ सयदेखि ३ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ ।
सामान्य टेन्ड हालेर बनाएका होटल पनि सस्ता नभएको कर्मचारी बलिराज शाहीले बताए ।
निकुञ्जको भाडा बढाउने योजना
अहिले सञ्चालन भइरहेका होटलको भाडा निकै सस्तो छ । हामी बढाउने योजनामा त छौं । निकुञ्जका प्रमुख चन्द्रशेखर चौधरीले भने, तर बाँकी सम्झौता अवधिका लागि भाडा बढाउन हामी सक्दैनौं । राष्ट्रिय निकुञ्ज विभाग र वन मन्त्रालयले पत्र लेख्यो भने मात्रै बढाउन सक्छौं । त्यसका लागि चाँडै पहल अघि बढाइने उनले बताए । रारा किनारका दुवै होटल सामान्य खालका छन् ।
तर अहिले थुपै्र टहरा पनि भरिएका छन् । पर्यटन वर्षको उद्घाटनसँगै दिनदिनै आन्तरिक पर्यटक बढ्दै जाँदा होटलले धान्न सक्ने अकबस्था छैन् । निकुञ्ज क्षेत्रमा होटल खोल्न बनाइएको कार्यविधि सरकारले स्वीकृत गरी नगरेकाले पनि समस्या भएको बताए । राराको पर्यटन विकास गर्न सरकारले तुरुन्तै वातावरणमैत्री व्यवस्थित होटल खोल्ने वातावरण मिलाउनुपर्ने देखिएको उनको भनाइ छ ।
रारामा पर्यटक बढे
कालीकोट हुँदै नाग्म गमगडी सडक मुुगुसम्म जोडिएपछि रारामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । होटल व्यवसायीहरूले मनपरी गरेपनि पर्यटकहरूको कमी भएको छैन । हिमाली क्षेत्रका निकुञ्जमा पर्यटकहरूलाई शुल्क नलाग्ने भएकाले अहिले यकिन तथ्य छैन । चौधरीले भने, अब प्रवेशद्वारमा नेपाली पर्यटकको रेकर्ड राख्न सके पर्यटन विकास योजना बनाउन सजिलो हुने बताए ।
निकुञ्जसँग आर्थिक वर्ष ०७३–०७४ मा जम्मा २ सय २२ जना विदेशी रारामा घुम्न आएको तथ्यांक छ । अहिले निकुञ्जका प्रवेशद्वार माझघट्टमा ६, सल्लेरीमा ४ र लामाचौरमा ३ स–साना होटल छन् ।
माझघट्टबाट आधा घन्टामा रारा किनार पुगिन्छ भने अन्यत्रबाट डेढ–दुई घन्टामा । पुगिन्छ । रारातालमा रहेको होटलको तुलनमा भने, सस्तो रहेको छ । तर, पर्यटन वर्ष २०७५ भएसँगै कति पर्यटकहरू आए भन्ने बारे अहिले कुनै तथ्यांक नभएको र एक वर्षपछि निकालीने निकुञ्ज स्रोत बताएको छ । तर, उद्घाटन भएको एकहप्ता पुग्न लागी सक्दा झन्डै ५ हजार बढीले अवलोकन गरेको हुन सक्ने अनुमान गरिएको छ ।
मनपरी रोक्न निर्देशन
पर्यटन वर्ष सुरु भएसँगै रारा तालमा रहेका होटलहरूले गरेको मनपरीलाई रोक्न प्रदेश सरकारले तत्काल निर्देशन दिने बताएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव सुरेश कुँवरले पर्यटन वर्ष सफल पार्न होटल व्यवसायीको हात छ । तर, उनीहरूले नै मनपरी गर्न थालेमा समस्या थपिने भन्दै चाँडै मुख्यमन्त्रीको कार्यालयले व्यापार सन्तुलन गर्न आग्रह गर्ने टेलिफानेमार्फत भने ।
त्यहाँ सञ्चालित टेन्ड तथा होटलहरूले गरेको मनपरी प्रतिप्रदेश सरकारको ध्यान केन्द्रित गएको छ । चाँडै मुगु जिल्ला प्रशासन मार्फत निगरानी गर्न लगाइने बताइएको छ । यता मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले रारातालमा होटलवालाहरूले गरेको मनपरीका बारेमा आफूलाई जानकारी नआएको बताए । अब एक टोलीलाई त्यसतर्फ खटाउने उनको भनाइ छ । मनपरी रोक्न चाँडै पहल हुन्छ । उनले भने, “पर्यटकलाई सहज खाने बस्ेने वाताबरण बनाउनु सबैको दायित्व सक्रियका साथ लाग्ने बताए ।”

प्रतिक्रिया दिनुहोस्