सैन्य खर्चमा फ्रान्स भन्दा भारत अगाडि «

सैन्य खर्चमा फ्रान्स भन्दा भारत अगाडि

सैन्य खर्चको मामिलामा भारत विश्वकै शीर्ष पाँच ठूला मुलुकमा दरिएको छ । स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्सटिच्यूट (सिप्री) ले हालैमात्र सैन्य मामिलामा सर्वाधिक खर्च गर्ने देशको सूची सार्वजनिक गरेको सूचीमा भारत फ्रान्स भन्दा अगाडि देखिएको हो । तर चीनको तुलनामा भारतको सैन्य खर्च ३.६ गुणाले कम छ । रक्षा क्षेत्रमा खर्च गर्ने मामिलामा अमेरिका र चीन अझैपनि पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
गत वर्ष विश्वभरीको सैन्य खर्चमा अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतले वृद्धि भएको थियो । यो आंकडा कुल १.७३ ट्रिलियन डलर पुगेको छ । यो विश्वभरीको जीडीपीको २.२ प्रतिशत हो । २०१६ मा कुल सैन्य खर्च १.६८ ट्रिलियन डलर थियो ।
रुसको सैन्य खर्चमा २० प्रतिशतको कटौती
चीन, भारत तथा साउदी अरब लगायतका मुलुकले आफ्नो सैन्य खर्चमा लगातार वृद्धि गरिरहेकमा छन् । गत वर्ष चीनले आफ्नो सैन्य खर्चमा ५.६ प्रतिशत बढाएको थियो ।
यद्यपि खर्च कम गर्ने मामिलामा रुस सबैभन्दा अगाडि देखिएको छ । रुसले २०१६ मा भएको खर्चको तुलनामा गत वर्ष २० प्रतिशतले घटाएको छ ।गत वर्ष रुसको सैन्य खर्च ६६.३ अर्ब डलर रहेको थियो ।
यसैबीच गत वर्ष भारतले आफ्नो सैन्य खर्चमा ५.५ प्रतिशतले वृद्धि गरेको छ । गत वर्ष भारतले कुल ६३.९ अर्ब डलर खर्च गरेको थियो ।
यद्यपि सैन्य खर्चको मामिलामा भारतको खर्च चीनको तुलनामा ३.६ गुणाले कम छ ।
अमेरिकाको सैन्य खर्च चीनको भन्दा तीन गुणा बढी
२०१७मा अमेरिकाले ६१० अर्ब डलर सैन्य क्षेत्रमा खर्च गरेको थयो । यो शीर्ष पाँचमा रहेका अन्यको संयुक्त भन्दा पनिबढी हो । २०१० मा अमेरिकाले आफ्नो सैन्य खर्च घटाएको थियो । तर २०१७ मा आएर पुनः बढाएको छ । अमेरिकाले यो वर्ष सैन्य खर्च थप बढाउने आशंका सिप्रीले व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्