टाटा मोटर्स्को ग्लोबल सर्भिस क्याम्प «

टाटा मोटर्स्को ग्लोबल सर्भिस क्याम्प

नेपालका लागि टाटा मोटर्स्को अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्लोबल सर्भिस क्याम्प मंगलबार सुरु गरेको छ । टाटा मोटर्स्का सीईओ तथा प्रबन्धक निर्देशक गुन्टर बुशोक र टाटाका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररूप माइत्राले संयुक्त रूपमा उक्त उद्घाटन गरेको सर्भिस क्याम्प मंसिर ७ गतेसम्म चल्नेछ । नेपालमा स्थापनाकालको ३५ वर्ष बित्दा पहिलो पटक टाटाका सीईओ तथा प्रबन्धक निर्देशक नेपाल आएका हुन् ।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, नेपालका विभिन्न स्थानहरूमा आयोजित हुँदैछ । यस ग्लोबल सर्भिस क्याम्पअन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरूमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरू हुनेछ । ड्राईभरहरूका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ सम्बन्धी निःशुल्क तालिम, टाटाको ओरिजिनल पार्टस्मा १० प्रतिशत छुट, गाडीको सम्पूर्ण स्वास्थ्य जाँच, उत्कृष्ट माइलेज अवार्ड, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफरजस्ता यस क्याम्पका प्रमुख विशेषताहरू हुन् ।
सिप्रदीले यसै अवसर पारेर टाटा मोटर्स्को नवीनतम प्रस्तुती टाटा म्याग्ना बसको औपचारिक साँचो हस्तान्तरण कार्यक्रमसमेत उक्त क्याम्पमा गरेको छ । एक्साइड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्युब्रिकेन्टस्, आदि ब्रान्डहरू सिप्रदी ट्रेडिङले यस बृहत् क्याम्पमा समावेश गरेको छ । विश्वभर एकैसाथ हुने टाटा मोटसर्् ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा दोस्रो संस्करण हो । विभिन्न स्टेजहरूद्वारा सुसज्जित यस क्याम्पमा टाटाद्वारा आयोजित विभिन्न कार्यक्रमहरूको अवलोकन गर्न पाइनेछ । आकर्षक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयहरूमा सचेतना, विभिन्न सेवा आदि यस क्याम्पका मुख्य आकर्षणहरू हुन् । टाटा मोटर्सले यसै क्याम्पमा टाटा योदाको एक्सेन्ज अफरसमेत सेवाग्राहीहरूलाई प्रदान गर्नुको साथै टाटा मोवाइल वर्कसप र ट्रेनिंग अन ह्वील डिस्प्लेसमेतको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्