टोपबहादुरको ब्लडमनी हस्तान्तरण «

टोपबहादुरको ब्लडमनी हस्तान्तरण

युएई : चितवनका टोपबहादुर विकलाई युएईको अदालतले फैसला सुनाएको ब्लडमनी एक लाख दिहराम ( २८ लाख नेपाली रुपैयाँ हाराहारी) एनआरएन युएईले शनिबार राजदूतावास अबुधाबीलाई हस्तान्तरण गरेको छ ।
एनआरएन युएईको संयोजकत्वमा ‘टोपबहादुर बचाऊ अभियान’ १६ मार्च २०१८ देखि सुरु भएको थियो । युएईमा क्रियाशील नेपाली संघ–संस्था र प्रतिनिधिको सक्रियतामा आवश्यक रकम संकलन गरी हस्तान्तरण गरिएको हो । एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले सो रकम कार्यवाहक राजदूत सागर फुँयाललाई शनिबार हस्तान्तरण गरे । रकम हस्तान्तरणपछि अध्यक्ष श्रेष्ठले टोपबहादुर बचाऊ अभियानमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।
४ वर्षअघि कामको सिलसिलामा टोपबहादुरले चलाएको क्रेन दुर्घटनामा परी दुईजना थाई नागरिकको मृत्यु भयपछि मृतकका परिवारलाई ब्लडमनीबापत एक लाख दिहराम दिन युएई अदालतले आदेश दिएको थियो । सो ब्लडमनी तिर्न नसक्दा टोपबहादुर घर फर्कन पाएका थिएनन् ।
ब्लड मनि बापतको पैसा जम्मा भैसकेको हुदा अब कानुनि प्रक्रिया अगाडि बढाई छिट्टै घर फर्कने प्रक्रिया मिलाईने कार्यवाहक राजदूत फुँयालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्