Logo

विश्वकै सर्वाधिक १५ प्रदूषित सहरमा भारतका १४

नयाँ दिल्ली-विश्व स्वास्थय संगठन (डब्लूएचओ) ले जेनेभामा सार्वजनिक गरेको विश्वका १५ सर्वाधिक प्रदूषित सहरमा भारतका १४ परेका छन् । २०१६ मा विश्वका सर्वाधिक सहरमा कानपुर पहिलो स्थानमा आएको छ । सर्वाधिक प्रदूषित सहरको सूचीमा दिल्ली छैटौ स्थानमा रहेको छ । २०१० देखि २०१४ सम्मको अवधिमा दिल्लीको प्रदूषणमा थोरै सुधार आएको र २०१५ मा अवस्था झनै बिग्रेर गएको संगठनको डाटाबेसले देखाएको छ ।
दिल्लीमा पीएम २.५ वार्षिक औसत १४३ माइक्रोग्राम प्रति घन मिटर रहेको छ । यो राष्ट्रिय मापदण्डको तुलनामा तीन गुणा बढी हो । यसैगरी पीएम १० औसत २९२ माइक्रोग्राम प्रति घनमिटर छ । यो राष्ट्रिय मापदण्डको तुलनामा ४.५ गुणा बढी हो । तर केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले हालैमात्र २०१६ को तुलनामा २०१७ मा वायु प्रदूषणको स्तरमा सुधार आएको थियो ।२०१६ मा वायु प्रदूषणसँग जुझ्नका लागि कैयौ कदम उठाइएको थियो ।
२०१० को प्रतिवेदनका अनुसार दिल्ली विश्वकै प्रदूषित सहर थियो । यो पछि पेशावर तथा रावलपिण्डि परेका थिए । उक्त समयमा विश्वकै १० प्रदूषित सहरमा भारतका अन्य सहरमा आग्रा मात्रै समावेश थियो । २०११ को प्रतिवेदनमा पनि दिल्ली तथा आगरा प्रदूषित सहरको सूचीमा समावेश भएको थियो र उक्त समयमा उलानबटोर विश्वकै सर्वाधिक प्रदूषित सहर थियो । २०१२ मा गएर विश्वकै २० सर्वाधिक प्रदूषित सहरमा भारतको मात्रै १४ सहर परेका थिए । २०१३,२०१४ र २०१५ मा विश्वका सर्वाधिक सहरमा भारतका मात्रै ७ सहर परेका थिए । तर बुधबार सार्वजनिक २०१६ को तथ्यांकमा विश्वका सर्वाधिक १५ प्रदूषित सहरमा १४ भारतको मात्रै समावेश भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्