Logo

स्थानीय तहमा स्वास्थ्यबिमा शिक्षा

तिला गाउँ कार्यपालिका सदस्य बाटु बूढा स्वास्थ्य बिमा बारेमा जानकार थिइनन् । सामान्य गाउँघरमा स्वास्थ्य बिमाको चर्चा भएको सुन्ने गरेकी उनलाई स्वास्थ्य बिमाबारे जान्ने उत्सुकता थियो । तपाईंको स्वास्थ्य हाम्रो अठोट भन्ने मान्यताका साथ जनप्रतिनिधिलाई स्वास्थ्य बिमा कक्ष सञ्चालन भएपछि स्वास्थ्य बिमाका बारेमा स्पष्ट भइन् । उनले भनिन्, “स्वास्थ्य बिमा गराउन आम मतदातालाई सघाउँछु । बिमा गरेर स्वास्थ्य सेवा सुरक्षित गराउनका लागि उत्प्रेरणा दिन्छु ।”
स्वास्थ्य शाखा तिला गाउँपालिकाले जनप्रतिनिधिलाई भेला गराएर स्वास्थ्य बिमाका बारेमा सहजीकरण गरेपछि सबै प्रकारका अन्योलता हटेको छ । तर, बिमा गरेका परिवारका सदस्य उपचारका लागि आफूले रोजेको प्रथम विन्दुको स्वास्थय संस्थामा पुग्दा औषधि नहुने गरेको पाइएको गुनासो आएको थियो । जिल्लामा स्वास्थ्य बिमा गर्नेको लहर चलेको छ, तर बिमा कार्यक्रमले तोकेको औषधि उपलब्ध नहुँदा खरिद गरेको औषधि प्रयोग गर्नु परेको जनप्रतिनिधिहरूले बताए ।
बिमााका फाइदा तथा प्रक्रिया दिने सेवा र निन्न आयस्तर भएका किन उपयोगी भन्नेबारे जुम्लाका सबै स्थानीय तहमा शिक्षा दिन जरुरी रहेको उल्लेख गरे । गाउँतिरका जनप्रतिनिधिदेखि स्थानीय स्वास्थ्य बिमाबारे अन्योल छन् । त्यही अन्योलता हटाउन बिमााका बारेमा स्पष्ट पार्न प्रत्यक स्थानीय तहमा अन्तरक्रिया गर्ने स्वास्थ्य बिमा कार्यक्रममा जिल्ला प्रबन्धक प्रेमकुमार भण्डारीले बताए ।
उनीहरूले बिमा गरेको परिवारले सरकारी स्वास्थ्य संस्था तथा अस्पतालहरूमा सबै प्रकारका औषधिको प्रवन्ध मिलाउनका लागि माग गरे । स्वास्थ्य बिमा कार्यक्रमको उद्देश्य, सहभागिताका लागि दर्ता प्रक्रिया, सदस्यता दर्ता र सेवा सुरु हुने समय, कार्यक्रमको सुविधा योजनासम्बन्धी व्यवस्था, बिमाले उपलब्ध नभएका सेवा सुविधा, स्वास्थ्य सेवाको उपभोग, प्रेषणको व्यवस्था र सोधपुछ तथा गुनासोको व्यवस्थालगायताका विषयमा सहजीकरण गरिएको थियो ।
कुनै पनि परिवार कार्यक्रमको सदस्य बन्न चाहेमा ५ जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रतिथप सदस्यको ४ सय २५ रुपैयाँ रकम तिर्नुपर्छ । बिमा गरेपछि कस्मेटिक सर्जरी, सहायक यन्त्रहरू, ५ सय बढी मूल्यका चस्मा, दाँत उपचारका सेवाहरू, कृत्रिम गर्भाधानका सेवाहरू, व्यक्तिगत झै झगडाका कारण चोटकपटक लागि उपचार सेवा, मादक वा लागू पदार्थ सेवनका कारणबाट भएको दुर्घटनासम्बन्धी उपचार र गर्भपतनका सेवा सुविधा उपलव्ध गराइँदैन ।
बिमाा गरेवापत्त बिमाा कार्ड उपलव्ध गराइन्छ । स्वास्थ्य बिमाा गर्न प्रत्येक वार्डमा दर्ता सहयोगी राखिएका छन् । दर्ता सहयोगीलाई सम्पर्क गरेर स्वास्थ्य बिमा कार्यक्रमलाई सहयोग गर्न बिमा कार्यक्रम संयोजक प्रेम भण्डारीले जानकारी दिए । उनले भने, “स्वास्थ्य बिमा कार्यक्रमले जनताको स्वास्थ्य अवस्थालाई मजबुद बनाउनका लागि मद्दत पुगेको छ । यो अभियानलाई सार्थक निष्कर्षमा पुराउनका लागि सबैको हातेमालो आवश्यक छ ।
बिमा गरेपछि १ हजार १ सय १८ प्रकारको औषधि निशुल्क पाइन्छ । कर्णालीका चारवटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भइसकेको छ । साविकको कर्णालीमा ३५ हजार ६ सय ४३ जनाले स्वास्थ्य बिमा गरेकोमा तिला गाउँपालिकाका १ सय ८५ घरधुरीका ९ सय १८ जनाले स्वास्थ्य बिमाा गरेका हुन् । जुम्लामा ०५३ जनाले स्वास्थ्य बिमा गरेकोमा ५४ लाख ६० हजार ४ सय २५ रुपैयाँ संकलन भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्