Logo

फेदीखोला गाउँपालिकामा प्राइम कमर्सियल बैंक

स्याङजाको फेदीखोला गाउँपालिकामा पहिलो वाणिज्य बैंकको रूपमा प्राइम कमर्सियल बैंक पुगेको छ । फेदीखोला गाउँपालिकाबाट स्याङजाको सदरमुकाम करिब १७ किलोमिटर टाडा वाणिज्य बैंकमा कारोबार गर्न जानुपर्ने स्थानीयको बाध्यतालाई उक्त बैंकको शाखा स्थापनाले घर दैलोमै सेवा हुने भएको हो ।
बैंकका महाप्रवन्धक सञ्जीव मानन्धरले उक्त बैंकको ६० शाखा आज (बिहीबार) एक समारोहकाबीच उद्घाटन गर्दै नेपाल सरकारको नीतिअनुरुप आफूहरू फेदीखोला गाउँपालिकामा जनतासँगको सहकार्यमा सेवा दिन आएको बताए । सो शाखा स्थापनाले स्थानीय तह र स्थानीय जनतासँगको सहकार्यमा करिब दुई वर्षमा स्थानीय जनताको जीवनस्तरमा केही सुधार हुने उनले विश्वास व्यक्त गरे । उनले भने, “हामीले जनतामा सचेतनादेखि सामाजिक उत्तरदाहित्वसमेत वहन गर्न तयार छौं, हामी तपार्इंको घर गाउँमा आए पछि यसै बैंकबाट कारोबार गर्न आग्रह गर्छु, हामीले साना तथा लघुदेखि ठूला जलविद्युत्सम्मका क्षेत्रमा लगानी गरेका छौं ।”
हरेक गाउँपालिकामा वाणिज्य बैंक पुग्नुपर्ने र सो बैंकबाटै स्थानीय निकायले बैंकिङ कारोबार गर्न सरकारले दिएको निर्देशन अनुरूप नै आफूहरू फेदीखोला गाउँपालिका सहितका १७ वटा गाउँपालिकामा आफ्नो शाखा विस्तार गर्ने उनले बताए ।
कर्जा लिदा सातादेखि महिना लाग्ने पहिलाको झनझटिलो प्रक्रियाबाट मुक्त गराउने आफूहरूको प्रयास भएको महाप्रवन्धक मानन्धरले जनाए । उनका अनुसार जलविद्युत्मा मात्र करिब ६७ अर्ब कर्जा लगानी भएको छ । अहिले उक्त बैंकले हाल बचतमा ८ प्रतिशत, मुद्दतीमा ११ प्रतिशत कर्जामा १४ प्रतिशतमा लगानी गर्ने भएको महाप्रवन्धक मानन्धरले जनाए ।
फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापाले स्थानीय सरकार बनिसकेपछि आफूहरूले वाणिज्य बैंकको सेवा लिनका लागि १७ किलोमिटर टाडा स्याङजाको सदरमुकाम बजारमा पुग्नुपर्ने बाध्यता आइतबारदेखि हटेको बताइन् । फेदीखोला गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत भिष्मराज अर्यालले फेदीखोला गाउँपालिका सुगम गाउँपालिका सिद्धार्थराजमार्गसँगै जोडिएको भए पनि हालसम्म वाणिज्य बैंककहरू नहुँदा आफूहरूलाई वित्तीय कारोबार गर्न कठिन भएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्