अब फ्यान्टाको लोगो परिर्वतन, युवा केन्द्रित मार्केटिङ प्लान सुरु «

अब फ्यान्टाको लोगो परिर्वतन, युवा केन्द्रित मार्केटिङ प्लान सुरु

फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरूपमा नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । फ्यान्टाको नयाँ लोगो हेर्दा निकै बोल्ड र रमाइलो देखिन्छ भन्दै कम्पनीले नयाँ लोगो निकै उज्यालो कलरको साथ हरेक क्षेत्र र भेषभूषाका युवालाई सम्मान गर्ने र सकारात्म सोचको तरङ प्रवाह गर्ने किसिमले डिजाइन गरिएको पनि बताएको छ ।
नयाँ लोगो सार्वजनिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले फ्यान्टाको नयाँ लोगोले युवाहरूसँग आफूलाई जोडेर ब्रान्ड बिल्डमा गर्नमा सहयोग पु¥याउने बताए ।
अहिलेको नयाँ पुस्तालाई ब्रान्डको विषयमा धेरै ज्ञान रहेको छ भन्दै उनले साथीहरूसँग समय बिताउने, रमाइलो गर्ने, प्रविधिको विषयमा आफूले जानेका कुरा अघि राख्न मनपराउने कुरामा उनीहरू विज्ञ नै भइसकेका हुने पनि बताए । त्यसैले उनीहरूको यही दृष्टिकोणलाई लिएर हामीले फ्यान्टाको क्याम्पेन सुरु गरेका हौँ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्