एकीकृत नमुना बस्तीलाई एनआरएनको आर्थिक सहयोग «

एकीकृत नमुना बस्तीलाई एनआरएनको आर्थिक सहयोग

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण भइरहेको रौतहट चन्द्रपुर एकीकृत नमुना बस्तीलाई ६ लाख ६६ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) फिनल्यान्ड र फिनिस नेपाली समाजबाट बस्ती निर्माणलाई सहयोग उपलब्ध भएको हो ।
एनआरएनए फिन्डल्याण्डका पूर्वअध्यक्ष बालकृष्ण श्रेष्ठ, फिनिस नेपाली समाजका कोषाध्यक्ष मुकुन्द भण्डारी, नेपाल फिनल्याण्ड एलुम्नि एशोसिएसनका राजेश राई र सौरभ ढुंगानाले संयुक्त रुपमा सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सहयोग रकम उपलब्ध गराएका हुन् । सहयोग रकम लिने क्रममा कट्टेलले निर्माण काम सम्पन्न गर्नका लागि विदेशमा बसेर पनि नेपालीहरूले गरेको सहयोगले अझै उत्साह बढेको भन्दै धन्यवाद दिएका छन् । यसअघि पनि बाढी पीडितहका लागि एनआरएनए फिनल्यान्ड तथा फिनिस नेपाली समाजको संयुक्त पहलमा १३ लाख रुपैयाँ सहयोग उपलब्ध भएको थियो ।
एनआरएनए फिनल्याण्डका अध्यक्ष वसन्त गौतमले एकीकृत बस्ती निर्माण अत्यन्त अनुकरणीय काम भएको भन्दै आगामी दिनहरूमा पनि यस्ता अनुकरणीय कामहरूका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्