एभरेस्ट बैंक सम्मानित «

एभरेस्ट बैंक सम्मानित

 बिभिन्न माध्यमबाट बुद्धजन्मस्थल लुम्बिनीको विकास तथा प्रवद्र्धनमा योगदान गरेको भन्दै एभरेस्ट बैंकलाई लुम्बिनी विकास कोषले सम्मानित गरेको छ । २५६२ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका लुम्बिनी शाखा प्रमुख शान्ति शर्मालाई सम्मानपत्र प्रदान गरे ।
बैंकले विभिन्न माध्यमबाट लुम्बिनीको विकासमा सहयोग गरिरहेको र भविष्यमा पनि गर्ने र बुद्धजयन्तीको अवसरमा पुन्यभूमिमा सम्मानित हुँदा दायित्व अझै बढेको प्रमुख कार्यकारी अधिकृत सेठले बताए । दुई दिनअघि मात्रै बैंकले लुम्बिनीको मायादेवी परिसर बाहिर २ हजार लिटर क्षमताको खानेपानी ट्यांकी तथा शुद्घीकरण प्रविधिसहित निर्माण गरी कोषलाई हस्तान्तरण गरेको शाखा प्रबन्धक शर्माले जानकारी दिइन् ।
कोषका अध्यक्ष तथा पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले खानेपानी योजना हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्