ताजा हावाका लागि यात्रीलेनै खोले विमानको आपलकालिन द्वार «

ताजा हावाका लागि यात्रीलेनै खोले विमानको आपलकालिन द्वार

बेइजिङ-चीनमा विमानबाट ओर्लनका लागि तयार भएका एक यात्रीले स्वासप्रस्वासमा अवरोध भएको भन्दै ताजा हावाका लागि आफैले विमानको आपतकालिन द्वार खोलेका छन् । उनको यो क्रियाकलापका लागि उनलाई हिरासतमा लिइएको छ । चेन नाम गरेको उक्त व्यक्ति दक्षिण पश्चिमी प्रान्त सिचुवानको मियानयाङ हवाई अड्डामा विमानबाट ओर्लनका लागि कुरेर बसिरहेका थिए । उनले ताजा हावाका लागि झ्यालको एक ह्यान्डल दबाएका थिए । यो ह्यान्डल आपतकालिन द्वारसँग जोडिएको थियो ।
उनको यो हरकतले आपतकालिन द्वार मात्रै खुलेनकी इस्केप स्लाइड पनि खुलेको थियो । मिडियाका अनुसार चेनले उक्त झ्याल आपलकालिन द्वार भएको आफूलाई थाहा नभएको बताएका छन् । उनले भने,“विमानमा धेरै गर्भी थियो र मलाई स्वास फेर्नका लागि पनि गार्हे भइरहेको थियो । मेरो पछाडि झयालको एक ह्यान्डिल थियो, त्यसलाई मैले दबाए । तर यसो गर्दा ढोकानै खुल्यो र मलाई डर लाग्यो ।”
चालक दलले प्रहरीलाई जानकारी गराएपछि उनलाई १५ दिनका लागि हिरासतमा लिइएको छ । उनलाई ११ हजार अमेरिकी डलरको जरिवाना पनि लगाइएको छ । चीनमा यो भन्दा पहिला पनि यस किसिमका घटनाहरु हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्