लघु घरेलु वस्तुको प्रदर्शनी सम्पन्न «

लघु घरेलु वस्तुको प्रदर्शनी सम्पन्न

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको १४ औं संस्करण सम्पन्न भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा भएको प्रदर्शनीमा देशका सबैजसो जिल्लाका लघुघरेलु तथा साना उद्यमीले उत्पादन गरेको सामग्री राखिएका कारण अवलोकनकर्ताको भीड लागेको हो । सोमबार र मंगलबार सार्वजनिक बिदा परेका कारण पनि प्रदर्शनीमा भीड लागेको थियो । प्रदर्शनीमा सहभागीहरूले आफ्नै देशमा उत्पादित वस्तु एकै थलोमा हेर्न र छान्न पाएकामा खुसी प्रकट गरेका छन् । प्रदर्शनीमा राखिएका वस्तुको मूल्यबारे भने अवलोकनर्ताले फरक–फरक प्रतिक्रिया दिएका छन् । कतिपयले बजारमा भन्दा सस्तो मूल्यमा सामान पाएको बताएका छन् भने कतिपयले मूल्य महँगो भएको गुनासो गरेका छन् ।
अवलोकनकर्ताहरूले लघुघरेलु सामग्रीको प्रवद्र्धनका लागि सरकारले सीप विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । प्रविधिको प्रयोगमा पछि पर्दा प्रतिस्पर्धा गर्न नसकेर दर्ता भएका १ लाख ३१ हजार लघुघरेलु उद्योग बन्द भएका छन् । १ सय ८७ वटा स्टलसहितको शुक्रबार सुरु भएको महोत्सव मंगलबार सकिँदै छ । पाँच दिने महोत्सवमा ११ करोड रुपैयाँको कारोबार भएको आयोजकले जानकारी गरएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्