सीमा नाका ७२ घण्टा बन्द «

सीमा नाका ७२ घण्टा बन्द

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारले ७२ घण्टा सीमा नाका बन्द गर्ने भएको छ । निर्वाचन आयोगको निर्देशनपछि गृह मन्त्रालयले मंसिर ८ देखि ३ दिनसम्म चीन र भारतसँग सीमा जोडिएका देशभरका साना–ठूला सबै भन्सार÷नाका, चेकप्वाइन्ट बन्द गर्न लागेको हो ।
गृह मन्त्रलयका प्रवक्ता नरायणप्रसाद शर्मा दुवाडीले मंसिर ८, ९ र १० गतेसम्म सबै नाका वन्द गर्न निर्देशन दिइएको बताए । दुवाडीले भने, “पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेश समा निर्वाचनका क्रममा ७२ घण्टा नाका शील गर्न देशभरका प्रशासन कार्यालयहरूलाई परिपत्र गरिएको छ ।”
दोस्रो चरणको निर्वाचनमा समेत पहिलो चरणकै जसरी ७२ घण्टा नाका शील गरिने उनले बताए । गृह मन्त्रालयको निर्देशनपछि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला अन्तर्गत चीन र भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयहरूले काउन्टरपार्टससँग समन्वय थालेका छन् ।
भारततर्फ औपचारिक आर्थिक कारोबार तथा मानव अवतजावत हुने २ दर्जन करिव भन्सार÷नाका तथा छोटी भन्सार बाहेक ७२ वटा चेकप्वाइन्टहरू छन् ।
यी स्थानहरूबाट आपराधिक गतिविधि समेत हुनसक्ने भन्दै अध्यागमन विभागले प्रहरी र सशस्त्र प्रहरी वललाई सुरक्षाजाँचमा कडाइन गर्न यसअघि निर्देशन दिएको थियो । त्यसैगरी उत्तरतर्फ ताप्लेजुङदेखि सुदूरपश्चिमसम्म १ दर्जन बढी सानाठूला नाका÷चेकप्वाइन्ट र भन्सार कार्यालय तथा २ दर्जन सीमा भन्ज्याङ नेपाल–चीन सीमानामा पर्छन् ।
गृह प्रवक्ता दुवाडीले निर्वाचनका बेला सीमा अपराध नियन्त्रण, अबैध हातहतियार ओसारपसार लगायतका गतिविधि नियन्त्रणमा पनि केन्द्रीत हुन सुरक्षा निकायहरूलाई निर्देशन दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्