वन अतिक्रमण बढ्दो «

वन अतिक्रमण बढ्दो

मुगुः मुगुका विभिन्न क्षेत्रमा सार्वजनिक वन अतिक्रमण गरी घरटहरा निर्माण गर्ने र जग्गा जमिन मिच्ने क्रम बढेको छ । दिनहुँ जसो वनको जग्गा अतिक्रमणमा पर्दासमेत जिल्ला वन कार्यालयलाई कुनै जानकारी नै नभएको पाइएको छ ।

जिल्लाको पूर्वी करान भेगको मुगुम कार्मारोङ गाउँपालिकाको शिरानीचौर, पुलुमा स्थानीयवासीले सार्वजनिक जग्गा अतिक्रमण गरेर घर निर्माण गरी जग्गासमेत बाँडफाँट गरेका छन् ।

त्यस्तै छायानाथ रारा नगरपालिका– १० मा पर्ने लखुस्थानको सार्वजनिक चरन क्षेत्र पनि अतिक्रमणको चपेटामा परेको छ । त्यसैगरी सोरु गाउँपालिकाको सल्यान, ओग्ल्यान, पाल्तीखाल, दाक्च, कुलाह, सोरुकोट र दोमुखलगायतका क्षेत्रमा सार्वजनिक जमिन अतिक्रमण गरि घर बनाउने क्र बढ्दो छ । खत्याड गाउँपालिकाको जेउडे खोला, माथीचौर, झुगलालगायतका क्षेत्रमा समेत सार्वजनिक जमिन अतिक्रमण भइरहेको छ । 

वन कार्यालयसँग दक्ष जनशक्ति र दरबन्दीअनुसार कर्मचारी नभएकाले सार्वजनिक वन  अतिक्रमणको विवरण संकलन र अतिक्रमण रोक्न नसकिएको जिल्ला वन कार्यालयका कार्यालय प्रमुख प्रेमशंकर चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्