कम्युनिष्टहरू नारामात्रै लाउँछन् : पौडेल «

कम्युनिष्टहरू नारामात्रै लाउँछन् : पौडेल

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई इङ्गित गर्दै भ्रष्टाचार गरेर कांग्रेसको भोट घटाइदिएको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले जोशीको नाम उच्चारण नगरी भने, “भ्रष्टाचार गरेर कांग्रेसको भोट घटाउने काम भयो, भ्रष्टाचार गरेको पैसाले म माथि प्रहार भयो ।”
पार्टीलाई सिध्याउन धेरै काम भएको चर्चा गर्दै नेता पौडेलले तनहुँमा समेत रुख ढालेर चुल्हो बाल्ने काम भएको आरोप लगाए । भ्रष्टाचार गर्नेहरुको ढाकछोप अब गर्न नसकिने भन्दै पौडेलले भने, “आफूलाई कांग्रेस भन्ने तर रुख ढाल्नेहरुको दिन अब सकिए, उनीहरुलाई कांग्रेस बन्न दिइँदैन ।”
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनका कारण कांग्रेस हारेको भन्नु लाजमर्दो भएको टिप्पणी गरे । “सबै पार्टी मिल्दा समेत कांग्रेसले जित्नुपथ्र्यो,” उनले भने, “तनहुँमा सबै पार्टी मिल्दा पनि कांग्रेसले विगतमा जितेकै हो, अहिले त केही धमिराका कारण चुनाव हारेका हौं ।”
कम्युनिष्टले चुनाव जितेपनि केही नगरेको आरोप लगाउँदै पौडेलले काम गर्ने पार्टी कांग्रेस मात्रै रहेको दावी गरे । “तनहुँमा समेत कम्युनिष्टले जिते, खै त कसले के के गरे ?” उनले भने, “कम्युनिष्ट नारा मात्रै लगाउँछन्, काम गर्दैनन् ।”
कम्युनिष्टहरुले गल्ती गरेपछि आत्मालोचन गर्ने गरेपनि कांग्रेसभित्रै गल्ती गरेपछि ढाकछोप हुने गरेको पौडेलले बताए । “कम्युनिष्टहरु गल्ती गरेपछि आत्मालोचना गर्छन् तर फेरि त्यही गल्ती दोहोर्याउँछन् तर कांग्रेस गल्ती गर्छ र गल्तीलाई ढाकछोप गर्छ ।”
पौडेलले पार्टीलाई विधान र सहमतिका आधारमा चलाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । कम्युनिष्टहरुसँग ठूलो लडाई गर्नुपर्ने भएकाले पार्टीभित्र सहमति र सहकार्य आवश्यक भएको पौडेलको भनाई थियो । पार्टीलाई जबरजस्ती हिसाबले सञ्चालन गर्ने हो भने बहिष्कार गर्छौ भनेपछि पदाधिकारी मनोनयन गर्ने बैठक स्थगित भएको भन्दै पौडेलले भने, “विधान र सहमतिका आधारमा पार्टी चलाऔं ।” पौडेलले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न प्रस्ताव गरेपनि सभापतिले आफ्नो प्रस्ताव नस्वीकारेको दावी गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले त्रुटिहरु स्रच्याउँदै आत्मालोचना गरेर अगाडि बढ्नुपर्ने बेला आएको बताउँदै निराशामा मात्रै लागिरहने भने कांग्रेस फेरि उठ्न नसक्ने बताए । कसैको जुँगाको लडाईले पार्टीलाई क्षति पु¥याउन नहुने भन्दै पौडेलले विधिसंगत हिसाबले पार्टी चल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्