चीन–अमेरिकाबीच अघोषित शीतयुद्ध «

चीन–अमेरिकाबीच अघोषित शीतयुद्ध

वासिङटन- विश्वकै ठूला सुपरपावरहरुले एक अर्कालाई प्रविधिको विषयमा ढाट्दै आएको र यसले अघोषित शीतयुद्धको अवस्था निम्त्याएको अस्ट्रेलियाका प्रधानमन्त्री केभिन रुडले बताएका छन् ।
व्यापार विवाद र उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रमको अन्त्यसँग सम्बन्धित कुराले अमेरिका–चीन सम्बन्धको यो विषय ओझेलमा पारेको उनले बताए ।“अमेरिका र चीनबीच प्रविधिमा अघोषित नयाँ शीत युद्ध रहेको छ,” उनले बताए । यसले विशेषगरी सूचना प्रविधिका क्षेत्रलाई संकेत गरेको उनले बताए ।
अमेरिकाले चिनियाँ दुरसञ्चार कम्पनी जेटटीई र मोबाइल उत्पादक हुवावेलाई आपूर्ति हुने कम्पोनेन्टमा लगाएकमो प्रतिबन्धलाई उनले यसको ज्वलन्त उदाहरण भएको बताएका छन् ।
गत महिनाको सुरुमा अमेरिकी वाणिज्य विभागले अमेरिकी कम्पनीलाई जेटटीईलाई सात वर्षसम्म सफ्टवेयरको पार्टस बिक्री गर्न प्रतिबन्ध लगाएको थियो । अमेरिकी सामान गैर कानुनी रुपमा इरानलाई बिक्री गरेको आरोपमा उक्त प्रतिबन्ध लगाइएको बताइएको छ । यसको अर्थ जेटटीईले गुगलको एन्ड्रोइड सिस्टम आफ्नो संयन्त्रमा प्रयोग गर्न पाउने छैन ।
अमेरिकी अभियोजनकर्ताहरुले समान आरोपमा हुवावेमाथि २०१६ देखि अनुसन्धान गरिरहेृको बताएपछि गत साता यो विषय बाहिर आएको हो ।
यो भन्दा पनि अमेरिकी दुरसञ्चार नियामकले स्वदेशी सरकारी कार्यक्रमले राष्ट्रिय सुरक्षामा आच आउन सक्ने विषयमा खरिद गर्न नसक्नेतर्फ संकेत गरेको छ । यसमा जेटटीई र हुवावे पनि समावेश हुनेछ ।
आल्मुनियम र स्टिलमा लगाइने व्यापारिक भन्सार, कोरियाली प्रायद्विपको परमाणु युद्ध तथा साउथ चाइना सीको विवाद भन्दा पनि प्रविधि आधारित विवाद धेरैनै संवेदनशील भएको उनले बताए ।
“हाल आईटीको क्षेत्रमा अघोषित शीतयुद्ध देखिएको छ,” रुडले बताए ।
चिनियाँ फर्ममाथि अमेरिकाले गरेको कडाइले तनावलाई बढाउन सक्ने स्वतन्त्र अनुसन्धानमुलक समूह टीएस लोमबार्डमा चिनियाँ टोलीका अध्यक्ष जोनाथन फेन्बीले बताए । चीनको प्रविधिको विकासमा नियन्त्रण गर्ने ढाँचाको अमेरिकी कदमले साइबर क्षमतामा विस्तार गर्ने चिनियाँ कदमलाई थप बढाउन सक्ने उने बताए ।
अमेरिका–चीन सम्बन्धमा धेरै टाउको दुखाईको विषय भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षको नोभेम्बरमा बेइजिङको भ्रमण गरी चिनियाँ समकक्षि सी जिनपिङसँग भेटघाट गरेका थिए । उक्त अवसरलाई दुई नेताबीचको मित्रताको रुपमा हेरिएको थियो र अर्बौ डलरको व्यवसायको सम्झौतामा हस्ताक्षर पनि गरिएको थियो ।
अमेरिका–चीन सम्बन्ध सामान्य रुपमा नकारात्मक दिशातर्फ अगाडि बढिरहेको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्