Logo

टिभी रोग उपचार गराईरहेका लिम्बूलाई मलेसियाबाट सहयोग

रोजगारीको सिलसिलामा करिब दुई बर्ष अगाडि मलेसिया आएका ताप्लेजुङ हाङपाङका विशाल माङयुङ लिम्बू लाई उपचारका लागि मलेसियाबाट ९१ हजार ६६१ रुपैया सहयोग गरिएको छ ।
टिभी रोगको कारण स्वास्थमा समस्या आए पछि नेपाल फर्किएका लिम्बुको उपचरमा आर्थिक कठिनाई भएपछि मलेसियामा रहेको मञ्जरी थिएटर गु्रपले सहयोग गरेको हो । उनलाई लागेको रोगको उपचार नेपालमा सम्भव नभएकोले भारतको चेन्नाई स्थित एपोलो हस्पिटलमा भर्ना गरिएको थियो । तर हाल लिम्बु भक्तपुर स्थित क्यान्सर अस्पतालमा बाकी उपचार गराईरहेका छन ।
पिडित लिम्बुको पारिवारिक आर्थिक अवस्था कमजोरी भएकोले आर्थिक अभावको कारण भनेजस्तो उपचार गर्न निकै गाह्रो रहेको जनाईएको छ । विभिन्न संघसंस्था देखि देश बिदेशमा रहका नेपाली तथा दाताहरुलाई परिवारले सयोगको माग गरे पछि पछिल्लो समयमा उनलाई विभिन्न ठाउँबाट सयोग आईरहेको छ ।
यस्तै मलेसियाबाट मञ्जरी थिएटर गु्रपले पनि विशाल याङमुङ बचाउ एक हप्ताको अभियान संचालन गरेर पीडितको लागी आर्थिक संकलन गरी सहयोग गरिएको हो । मानबिय सेवा नै मुल धर्म हो भन्ने उदेश्यका साथ बिशाल याङमुङ बचाउ अभियान आर्थिक सङ्कलनमा लागेका गु्रपमा अध्यक्ष अमिर माबोले बताए । गु्रपका सचीव विशाल बेघा समाजसेबी तथा आदिवासी जनजाती महासंघ मलेसियाकी महिला उपाध्यक्ष दोर्जिमा शेर्पा पिनासा, सचिन चाम्लिङ राइ लगायत अन्य ब्यक्तिहरु र मञ्जरी थिएटर गु्रपको सक्रियतामा आर्थिक सहयोग अभियान संचालन गरिएको हो । मलेसियाबाट पठाएको आथिृक सहयोग गु्रपका स्थापक सल्लाहकार सुन्दर लावतीले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेको बिरामी लिम्बुको हातमा रकम हस्तान्तरण गरेका थिए ।

यामराज बिष्ट

प्रतिक्रिया दिनुहोस्