Logo

निशान टेरानो गाडीको माग उच्च

नेपालगन्जमा चारपांग्र्रे हल्का सवारीसाधनका उपभोक्ताहरू बढ्दै गएका छन् । यहाँका उपभोक्ताहरूमा गाडीको सौखमात्र बढेको छैन कि आफूले चाहेजस्तो मोडल र फिचरका गाडी खरिदमा पनि उत्तिकै चनाखो हुँदै गएको पाइन्छ । चाहे ढिलै किन नहोस् आफूले चाहेको गाडी खरिद गर्न उपभोक्ताहरू लामै समयसम्म पर्खन तयार देखिन्छन् ।
केही समय अघिसम्म बजारमा उपलब्ध गाडीमध्येबाटै रोजेर खरिद गर्दै आएका उपभोक्ताहरू हल आएर आफूले चाहेको गाडी नेपाली बजारमा आउनु अगाडि नै बुकिङ गर्ने गरेका छन् । करिब तीन महिनाअघि नेपाली बजारमा आएको गाडी निशान टेरानो खरिद गर्न नेपालगन्जका गाडीका सौखिनहरूले पनि लामै समय धैर्य गरेको पाइयो ।
भर्खरैमात्र नेपालगन्जमा निशान टेरानो गाडीको बिक्री सुरु भएको छ । तीन महिनाअघि नै बुकिङ गरेका उपभोक्ताले केही दिन यतादेखि धमाधम गाडी खरिद गर्दैछन् । निशान टेरानोको नेपालगन्जका लागि आधिकारीक बिक्रेता देवमंगल इन्टरप्राइजेजले उपभोक्ताको मागअनुसार गाडी डेलिभरी सहज भइसककेको जनाएको छ ।
“नयाँ लुक्स र आकर्षक फिचर रहेको टेरानोको डिमान्ड ग्राहकमाझ बढ्दो छ । सुरुवाती बुकिङका आधारमा हामीले ग्राहकलाई क्रमशः सहज तरिकाले गाडी उपलब्ध गराउँदै गएका छौं ।” देवमंगल इन्टरप्राइजेजका निर्देशक विवेक श्रेष्ठले भने, “बुकिङ भएका गाडीहरूको डेलिभरी दिनेक्रम तीव्र गतिमा चलिरहेको छ ।”
टेरानोमा डुअल टोन इन्टेरियर, क्रुज कन्ट्रोल, ७.० नेभिगेसन सिस्टम, स्टेरिङ माउन्टेड अडियो र फोन कन्ट्रोललगायतका २२ वटा नयाँ र आकर्षक विशेषता रहेको निर्देशक श्रेष्ठले जानकारी दिए । “किफायती मेन्टिनेन्स, आकर्षक माइलेज अनि लुक्सका कारण ग्राहकहरू यो गाडी किन्न आतुर हुनुभएको हो ।” श्रेष्ठले भने ।
एसयुभि सेगमेन्टको टेरानोले स्पेस र स्मार्ट विशेषतासहित सडकमा बलियो परर्फमेन्स दिने श्रेष्ठको दाबी छ । ६ गियर भएको अत्याधुनिक अटो ड्राइभयुक्त टेरानोको गियर सिस्टम कम्प्युटरले नियन्त्रण गर्न सक्ने बताइएको छ ।
गाडीका सौखिन स्थानीय मनप्रसाद रेग्मीले पनि तीन महिना कुरेर भर्खरैमात्र निशान टेरानो गाडी खरिद गरेका छन् । यसअघि अन्य कम्पनीका थुप्रै गाडी किनेर चढेको अनुभव संगालेका रेग्मीले आफूले खरिद गरेर चढेका गाडीभरीमा टेरानो चढ्दा जस्तो अन्यमा आनन्द नआएको बताए । “हाम्रो सडकअनुसार गाडी पर्फेक्ट छ । आउट लुक्स र स्पेस पनि उत्तिकै आरामदायी छ ।” रेग्मीले भने, ‘बुकिङको लामो समयपछि नै भएपनि आफूले चाहेजस्तो गाडी पाउँदा आनन्द महसुस भएको छ ।”
टेरानोमा २ सय ५ मिमिको ग्राउन्ड क्लियरेन्स, ५ दशमलव २ मिटरको टर्निङ रेडियस र १९ दशमलव ६४ किमिप्रति लिटर माइलेजलगायतका क्षमता हुने बताइएको छ । पेट्रोलबाट चल्ने टेरानोको नेपाली बजार मूल्य ४२ लाख ९९ हजार रुपैयाँ छ भने डिजलबाट चल्ने टेरानोको नेपाली बजार मूल्य ५३ लाख ९९ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्