शान्ति प्रक्रिायाले उत्तर कोरियाको समय पनि आधा घन्टा बढ्ने

उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध मजबुत गर्ने सिलसिला जारी रहेको छ । यसै सिलसिलाको प्रक्रिया स्वरुप उत्तर कोरियाले दक्षिण कोरियाको टाइम जोनको आधारमा समयम मिलाउनका लागि आफ्नो देशको घडीलाई ३० मिनेट अगाडि बढाउने भएको छ । २७ अप्रिलमा उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले पहिलो पटक एक अर्काको हातमा हाल मिलाएर वार्ता गरेका थिए । दुवै नेताले सीमामा बनेको असैन्य क्षेत्रमा करिब २८ सेकेन्डसम्म हात मिलाएका थिए । यसको साथसाथै दुवै देशबीचकमो ६५ वर्ष लामो दुरीको अन्त्य भएको थियो ।
दुवै देशले २०१५ मा फरक फरक टाइम जोन बनाएका थिए । उत्तर कोरियाले आफ्नो मानक समय दक्षिण कोरियाको भन्दा आधा घन्टो घटाएको थियो ।
यो कदमलाई उत्तर कोरियाले राष्ट्रियताको प्रतिक भएको जनाएको थियो । उक्त नयाँ टाइम जोन उपनिवेश काल भन्दा पहिला उत्तर कोरियामा प्रयोगमा थियो । १९१० देखि १९४५ सम्म उत्तर कोरिया जापानको अधिकारमा थियो ।
उत्तर कोरियाली शासक किमले दक्षिण कोरियाली राष्ट्रपतिसँगको ऐतिहासिक भेटघाटमा उनले आफ्नो देशको टाइम जोन दक्षिण कोरियासँग मिलाउने प्रतिबद्धता व्यक्त गरेको केसीएनए समाचार संस्थाले जनाएको छ ।
केसीएनएका अनुसार किम दक्षिण कोरिया आएको समयमा सीमामा राखिएको दुवै देशको घडीमा फरक फरक समय देखेर दुःखी भएकमा थिए । सोही समयमा उनले दुवै देशको टाइम जोन एकै किसिमको बनाउने पैmसला पनि उनले लिएका थिए ।