बेनीमा एनसीसी बैंकको शाखा «

बेनीमा एनसीसी बैंकको शाखा

नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) ले म्याग्दी जिल्ला, बेनी नगरपालिका–७ मा शाखा कार्यालय स्थापना गरेको छ । सो शाखाको समुद्घाटन गर्दै एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले सो शाखामार्फत बैंकिङ सेवा विस्तार गरी यस क्षेत्रको आर्थिक प्रगतिका लागि बैंक सहायक हुने कुरा बताए । साथै बैंकको शाखा स्थापनापश्चात् यस क्षेत्रका बासिन्दा, पेसा व्यवसायी आदिलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्न तत्पर रहेको र यस क्षेत्रका जनताको समेत पूर्ण सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए ।

एनसीसी बैंकको पछिल्लो वित्तीय विवरणअनुसार बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा ५९.१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५२.१२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । साथै सोही अवधिमा बैंकको खुद नाफा ५४.३१ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिको खुद नाफा १६.७६ करोड रुपैयाँ मात्र थियो ।

 

प्रतिक्रिया दिनुहोस्