बझाङ र बाजुरामा महालक्ष्मी विकास बैंकका २ शाखा «

बझाङ र बाजुरामा महालक्ष्मी विकास बैंकका २ शाखा

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने क्रममामिति मंगलबार बझाङ जिल्लाको चैनपुर शाखा र बिहीबार बाजुरा जिल्लाको मार्तडी शाखाको औपचारिक समुद्घाटन गरेको छ । बैंकको चैनपुर शाखाको समुद्घाटन जयपृथ्वी नगरपालिकाका नगर प्रमुखश्री वीरेन्द्रबहादुर खड्काले तथा मार्तडी शाखाको समुद्घाटन बडिमालीका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले उद्घाटन गरे ।
बैँकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति थियो । साथै उनले कार्यक्रममा बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रूपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवादिने तथा बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखाविस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरे ।

प्रतिक्रिया दिनुहोस्