मनीग्राम दुईगुणा दोस्रो साताको विजेता «

मनीग्राम दुईगुणा दोस्रो साताको विजेता

 मीनकुमारी गुरुङ र अमृता अधिकारीले मनीग्राम विशेष प्रवद्र्धनअन्तर्गत दोस्रो साताको भाग्यशाली विजेता बनेका छन् । मार्च १ देखि प्रारम्भ भएको सो अभियानअन्तर्गत नेपालभरि मनीग्राममार्फत पैसा प्राप्त गर्ने ग्राहकालाई दुईगुणा रकम मनीग्रामबाट प्राप्त गर्ने सुनौलो मौका प्रदान गरेको कम्पनीले जनाएको छ ।
मनीग्रामका भारत तथा उपमहादीप प्रमुख शेषागिरि मलिया (सुकेश) भन्छन्, हामीले दसैंको समयमा कारोबार उल्लेखनीय रूपमा बढेको देख्छौं किनभने घरमा पैसा पठाउन परिवारजनले थप मेहनत गरिरहेका हुन्छन् । यही मेहनतको कदर सोरूप, हामीले ति मेहनति ग्राहकहरूलाई थप रकम प्रदान गर्ने निर्णय गरेर यो पवद्र्धन सुरु गरेका छौं । जसले गर्दा उहाँहरूको यो पावन उत्सव विशेष र यादगर रहनेछ । मे ३० सम्म कुनै पनि देशबाट नेपालमा पैसा प्राप्त गर्नुहुने ग्राहकहरूले गोला प्रथामा भाग लिन सक्नुहुनेछ । उहाँहरूमध्ये २४ जना भाग्यशाली विजेताको कारोबार रकमलाई मनिग्रामले दुईगुणा गरिदिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्