जलविद्युत आयोजनालाई आतंकित पारेकोमा आपत्ति

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले संखुवासभाका आयोजनाहरुलाई आतंकित पार्ने गतिविधिप्रति आपत्ति जनाएको छ । आइतबार इप्पान अध्यक्ष शैलेन्द्र गुरागाईँले जारी विज्ञप्तिमा लमजुङ, दैलेख, सुर्खेत, दोलखालगायतका जिल्लामा सुरक्षाको प्रत्याभूति एकदमै कमजोर भएको सिलसिलामा संखुवासभामा निर्माणाधीन आयोजनाहरुलाई लक्षित गरी आतंकित बनाएको गतिविधिप्रति आपत्ति जनाइएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले संखुवासभाका आयोजनाहरुलाई आतंकित पार्ने गतिविधिप्रति आपत्ति जनाएको छ । आइतबार इप्पान अध्यक्ष शैलेन्द्र गुरागाईँले जारी विज्ञप्तिमा लमजुङ, दैलेख, सुर्खेत, दोलखालगायतका जिल्लामा सुरक्षाको प्रत्याभूति एकदमै कमजोर भएको सिलसिलामा संखुवासभामा निर्माणाधीन आयोजनाहरुलाई लक्षित गरी आतंकित बनाएको गतिविधिप्रति आपत्ति जनाइएको छ । विज्ञप्तिमा जलविद्युत आयोजनाहरु निर्माण भइरहेका र हुन लागेका जिल्लामा राज्यको सुरक्षाको प्रत्याभूति लागि अनुरोध गर्दै यस्ता विकास विरोधी तथा आतंक फैलाउने क्रियाकलापको निन्दा र भत्र्सना गरिएको छ । शनिबार मध्यराति संखुवासभास्थित अरुण तेस्रोको साइट कार्यालयमा बम विष्फोट भएको थियो भने दुई महिनाअघि बाँधस्थलमासमेत बम विष्फोट भएको थियो ।
उनले राज्यलाई जलविद्युत आयोजनालाई आतंकित पार्ने काम कस्ले गरिरहेको छ भनेर थाहा पाएपनि गतिविधिलाई नियन्त्रणका लागि राज्यले कुनै प्रयास नगर्नु बिडम्बना भएको बताए । “आतंकित पार्नेको पहिचान राज्यलाई भएरपनि यस्ता गतिविधि नियन्त्रणका लागि स्थानीय राजनीतिक पार्टीका प्रतिनीधिहरु र सरकारका निकायहरु सजग र सकृय हुनुपर्छ,” उनले भने, “जलविद्युत आयोजनाहरुलाई राज्यले सुरक्षाको प्रत्याभुति दिनुपर्छ ।”
विज्ञप्तिमा एक हजार मेगावाट निर्माण भईसकेको र ३ हजार ५ सय मेगावाट बराबर विद्युत खरिद सम्झौता (पीपीए) भई निर्माणमा चरणमा रही यसका लागि पुँजी, प्रविधि र जनशक्ति परिचालन भैसकेकोले यस्ता आयोजनाहरुमा सुरक्षाको प्रत्याभुति दिलाउनु सरकार र जनताको जिम्मेवारी रहेको उल्लेख छ ।