सहयोग हस्तान्तरण «

सहयोग हस्तान्तरण

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेप्लिज पार्किन्सन डिजीज एसोसिएसनलाई व्ययाम मेसिन हस्तान्तरण गरिएको छ । पार्किन्सन रोगीहरूलाई परामर्श तथा उपचारमा सहयोग पुराउने उद्देश्यले स्थापना गरिएको नेप्लिज पार्किन्सन डिजीज एसोसिएसनलाई बिरामीहरूको व्ययाम सुविधाका लागि उक्त मेसिन हस्तान्तरण गरिएको हो ।
बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोसिएसनका अध्यक्ष रत्नराजेश्वरी थापालाई सो मेसिन हस्तान्तरण गरेका थिए । मेसिन हस्तान्तरणको अवसरमा संस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरू पनि समाजका अंग भएकाले उनीहरूलाई उचित परामर्श दिन सकेमा उनीहरूले पनि समाजका लागि कार्य गर्न सक्ने हुँदा जनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताए ।
स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाइको क्षेत्रमा समेत संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत कार्य गर्ने यस बैंकको नीतिअनुरूप यस आर्थिक वर्षमा सामाजिक उत्तर दायित्वका अन्य कार्यहरू पनि गर्दै जाने योजना छ ।

 

 

प्रतिक्रिया दिनुहोस्