नेपाल लाइफले चन्द्रगढीको उपशाखा विस्तार «

नेपाल लाइफले चन्द्रगढीको उपशाखा विस्तार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले झापाको चन्द्रगढीमा उपशाखा कार्यालय विस्तार गरेको छ । बिमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्कीको कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालयको उद्घाटन गर्दै समितिका निमित्त कार्यकारी निर्देशक कार्कीले बिमा क्षेत्रले केही समयदेखि अर्थतन्त्रमा उत्साहजनक योगदान पु¥याई रहेको बताए । यस क्षेत्रले बैंकिङ क्षेत्रसँग स्वास्थ्य प्रतिस्पर्धा एवं परिपूरक क्षेत्रको भूमिका निर्वाह गर्दै आएको समेत उनले बताए । साथै उपशाखा कार्यालयको स्थापनाबाट स्थानीय स्तरमा बिमितले सेवा प्राप्त गर्ने र यसले बिमा बजारको विकासमा थप सघाउ पुग्ने उनले बताए ।
कार्यक्रममा मन्तब्य प्रस्तुत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीको बजार विस्तार रणनीतिअन्तर्गत चालू आवमा शाखा तथा उपशाखा कार्यलय विस्तारमा जोड दिँदै आएको बताए ।
कम्पनीले चालू आवमा ०७४÷७५ को प्रथम त्रैमासिक अवधिमा कुल बिमाशुल्क आम्दानी करिब ३ अर्ब ८० करोड रुपैयाँ छ । कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा तीन गुणाले वृद्धि भई करिब १७ करोड ७५ लाख पुगेको छ । यसैगरी कम्पनीको जीवन बिमा कोषमा २६ दशमलव ४७ प्रतिशतले वृद्धि भई करिब ४३ अर्ब ३६ करोड तथा कुल लगानी ४० दशमलव ५५ प्रतिशतले वृद्धि भई करिब ५० अर्बभन्दा बढी हासिल गरेको छ । यसैगरी कम्पनीले बिमितहरूलाई ६५ देखि ८२ रुपैयाँसम्मको सर्वाधिक बोनसदर प्रदान गरी समग्र जीवन बिमा क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्