निर्माण भैसक्नुपर्नेमा बल्ल सिलान्यास !

नुवाकोटको त्रिशुलीमा निर्माण हुने भनिएको २५ मेगावाटको सौर्य ऊर्जा (सोलार) आयोजनाको बल्ल सिलान्यास भएको छ । विश्व बैकको सहयोगमा नेपाल विद्युत प्राधिकरणले २०७४ सालको वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखेको सोलार आयोजनाको शुक्रबार र ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले सिलान्यास गरे । नुवाकोटको त्रिशुलीमा निर्माण हुने भनिएको २५ मेगावाटको सौर्य ऊर्जा (सोलार) आयोजनाको बल्ल सिलान्यास भएको छ । विश्व बैकको सहयोगमा नेपाल विद्युत प्राधिकरणले २०७४ सालको वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखेको सोलार आयोजनाको शुक्रबार र ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले सिलान्यास गरे । विश्व बैकको ‘ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना’ अन्तर्गत सहुलियत ऋणमा निर्माण हुन लागेको आयोजनाको ३ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको सोलार प्लान्टको लागि बैकले ३ अर्ब ५८ करोड अर्थात ३ करोड ३४ लाख डलर बराबरको सहुलियत ऋण दिएको छ । मन्त्री पुनले अबको दशकलाई ऊर्जा दशकको रुपमा विकास गर्न लागेको बताउँदै आगामी एक दशकमा ९.२ अंकको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न ऊर्जाको विकासको विकल्प नभएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुसभित्र प्लान्ट जडान पूरा हुने जानकारी दिए । ठेक्का पाएको चीनको राइजन इनर्जीले प्लान्टको डिजाइन, निर्माण तथा जडान गरी ५ वर्षसम्म सञ्चालन गरेर चालू अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले उर्जा संकट न्यूनीकरणका लागि भन्दै सन् २०१२ मै विश्व बैकलाई सहुलियत ऋणका लागि पत्र लेखेको थियो । बैकले ऋण दिने प्रतिवद्धता जनाएको आयोजनाले सुरुमा प्राधिकरणभित्रको कर्मचारी युनियनहरुको विरोधका साथै पछिल्लो समयमा ठेक्कापट्टाको विषयमा अदालतमा मुद्दा परेपछि रोकिएको थियो । ०७४ साल साउनमा संसदको सार्वजनिक लेखा समितिले ठेक्कापट्टामा ६८ करोड रुपैयाँ बराबरको अनियमितता भएको आरोप लगाउँदै प्रक्रिया रोक्न निर्देशन दिएपछि त्यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । गत मंसिरमा पाटन उच्च अदालतले ठेक्का प्रक्रिया नरोक्न निर्देशन दिएको थियो ।