ओप्पो एफ सेभेनको मूल्य ३६ हजार «

ओप्पो एफ सेभेनको मूल्य ३६ हजार

२५ मेगापिक्सेल एआई क्यामरा, सुपर फुलस्क्रीन, टच स्क्रीन र मल्टिटास्किङ मुख्य विशेषता
काठमाडौं । सेल्फी एक्पर्टको आफ्नो साख जोगाउँदै ओप्पोले आफ्नो पछिल्लो स्मार्टफोन एफ सेभेन नेपाली बजारमा भित्र्याएको छ । विश्व बजारमा सार्वजनिक भएको दुई साता भित्र नेपाली बजारमा विक्री सुरु गरिएको यो फोन २५ मेगापिक्सेलको सेल्फी क्यामरा जडिट छ ।
सेल्फी प्रेमीको ढुकढुकी बनेको स्मार्टफोन दुई वटा स्टोरेज अप्सनमा छ । ओप्पो मोबाइल नेपालका अनुसार ओप्पो एफसेभेनको ४ जीवी ¥याम र ६४ जीवी स्टोरेज अप्सनको लागि मूल्य ३६ हजार पाँच सय ९० तय गरिएको छ । ६ जीवी ¥याम र १२८ जीवी स्टोरेजको अप्सनलाई नेपालमा ४६ हजार पाँच सय ९० पर्नेछ । अप्रिल २५ देखि एफसेभेनका सोलार रेड, मुनलाईट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन रंगका एफसेभेन नेपाल भर उपलब्ध हुने कम्पनीले जनाएको छ । ओपोले छिटै नै नेपाली बजारमा एफसेवन १ सय २८ जीबी, ६ जीबी ¥याम सहित सोलार रेड र डायमण्ड ब्ल्याक पनि भित्र्याउन भएको छ ।
स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै सेल्फी प्रेमी नेपालीको उत्साहदेखेर आफू थप उत्साहित भएको नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए । “नयाँ उत्पादन ओपो एफसेवेनलेपनि हाम्रा पछिल्ला उत्पादनहरूले झैँ नेपाली उपभोक्ताको समग्र माग तथा आवश्यकताको सम्बोधन गर्न समर्थ हुनेमा हामी निकै आशावादी छौँ,’ उनले भने ।सार्वजनिक हुनु अघावै देखि हाम्रो नयाँ सेल्फी एक्स्पर्ट तथा लिडर ओपो एफसेवेनका लागि मिडिया, ओप्पो फ्यान र उपभोक्ताबाट उत्साहलाई मध्यनजर गर्दै छिटै नै नेपालमा मोबाइल भित्र्याएको उनले बताए ।
एआई ब्यूटी २.० प्रविधिले २९६ फेसियल रिकग्निसन प्वाइन्ट्स स्क्यान गरी पछिल्लो संस्करणका तुलनामा २०% सुदृढ र सटिकरुपमा अनुहार पहिचान गर्ने क्षमता राख्छ । उमेर र लिंगका आधारमा ब्यूटिफिकेसन ईफेक्ट प्रदान गर्ने एआई ब्युटी २.० प्रविधिले यस अघिको एफ फाइभको तुलनामा थप प्राकृतिक र वास्तविक सेल्फी खिच्न सकिने दाबी कम्पनीको छ । यो फोनबाट खिचेको फोटेमा ब्यक्तिको उमेर, लिंग, छालाको रंग र प्रकारको फरक पहिचान गर्छ गर्छ । फोनमा रहेको भिभिड मोडको सहयोगले रंग गाढा वा फिक्का, लुगा तथा पृष्ठभूमीको रंग परिमार्जन गर्न सकिन्छ ।
एफसेवेनमा सुदृढ २२८० ह १०८० रेजोल्यूशन, ६.२३ ईञ्च एफएचडी+ सुपर फुल स्क्रिन डिस्प्ले, ६४ बीट ४ जीबी ओक्टा–कोर प्रोसेसर, एण्ड्रोइड ८.१ मा आधारित कलर ओएस ५.० अपरेटिङ सिस्टम लगाएत यसको विशेषता हुन् । आइफोन एक्सको जस्तो नच स्क्रीनसहितको एफसेवेनले पछिल्लो फोन एफफाइभका तुलनामा धेरै एप एकै साथ चलाउनुपर्दा ८०% तिब्र कार्य सम्पादन क्षमता राख्छ । मिड रेन्जको एफसेभेनले यसअघि एफ फाइभको विक्री रेकर्ड तोडेको कम्पनीले जनाएको छ । सार्वजनिक भएकै दिन गत वर्ष एफ फाइभ ३० हजार गोटा विक्री भएकोमा एफ सेभेन ३७ हजार ६८७ गोटा विक्री भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्