आईएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियलबीच सम्झौता «

आईएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियलबीच सम्झौता

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेडबीच बैंक इस्योरेन्स सम्झौता भएको छ । सो बैंक इस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीकातर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैंक लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरे । सो बैंक इस्योरेन्स सम्झौतापश्चात् सर्वसाधरण तथा बैंकका ग्राहकहरूले सेन्चुरी बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रूपमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गराउनका साथै जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरू बजारमा ल्याएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्