अबको एजेण्डा विकास –पूर्वप्रम दाहाल «

अबको एजेण्डा विकास –पूर्वप्रम दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको प्राथमिकतामा आर्थिक समृद्धि, सुशासन, स्थिरता र विकास रहेको बताएका छन् । चन्द्रपुर नगरपालिका–२ स्थित जुडिवेलामा सडकको शिलान्यास गर्दैै अध्यक्ष प्रचण्डले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार रहेको हुनाले आन्दोलन, क्रान्ति र परिवर्तन अबको एजेन्डा नभएर सुशासन, स्थिरता र विकास रहेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले नेपालको राजनीतिक परिवर्तनमा रौतहटको ऐतिहासिक भूमिका रहेको भन्दै चन्द्रपुरको पनि एउटा रणनैतिक भूमिका रहेको उल्लेख गरे । उनले प्रदेश नम्वर २ को चन्द्रपुर र सिमरामा सेवा केन्द्रको चाडै स्थापना हुने समेत बताए । उनले यस प्रदेशलाई आर्थिक समृद्धि बनाउनका रौतहटमा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारसँग पहल गर्ने बताए । प्रतिनिधि सभा सदस्य प्रभु साहले विकास निर्माणको काममा पनि रौतहट देशकै एक नम्वर स्थानमा रहने बताए । शहरी बिकास तथा भवन निर्माण विभागले ८ करोड ४० लाख रुपैयाँ लागतमा करिब साढे चार किलोमिटर नालासहितको कालोपत्रे सडक निर्माण गर्न लागेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्