कागेश्वरी मनोहरा मेयर कप फुटबल भोलिदेखि «

कागेश्वरी मनोहरा मेयर कप फुटबल भोलिदेखि

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिले नगरपालिका स्तरीय अन्डर ट्वान्टी फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा रहेका वडाहरुका बीचमा प्रतियोगिता हुने जनाइएको छ ।
प्रतियोगितामा २० वर्षमुनिका खेलाडीहरुको सहभागिता जनाउने सो प्रतियोगितामा फिफा र अखिल नेपाल फुटबल संघको नियम अनुसार ९ ओटा टिमको सहभागिता रहने छ । उक्त टिमलाई दुई समूहमा विभाजन गरेर सेमीफाइनल र फाइनल गरी जम्मा १९ वटा खेल संचालन हुने आयोजकले जानकरी दिएका छन् ।
बिजेता टोलीलाई १ लाख रुपैयाँ नगद सहित ट्रफी र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले ५० हजारसँगै ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रत्येक खेलबाट म्यान अफ दि म्याचको घोषणा गरिने र उनीहरुलाई पुरस्कार स्वरूप ट्रफी र प्रमाणपत्र प्रदान गरिने पनि आयोजकले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्