मेकर स्पेसलाई बृज सिमेन्टको साथ

एसियाको नोबेल पुरस्कार विजेता एवं ताररहित वायरलेस इन्टरनेट सेवा प्रदायक महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था एवं बृज सिमेन्ट इन्डस्ट्रिज सहकार्य गर्ने भएका छन् । पुष्पतारा केडिया सेवा संस्था एवं बृज सिमेन्ट इन्डस्ट्रिजद्धारा महावीर पुुनद्वारा कीर्तिपुरमा निर्माण भइरहेको मेकर स्पेसको निर्माण कार्यका लागि बृज सिमेन्टद्वारा उत्पादित ओपीसी, पीपीसी सिमेन्ट उपलब्ध गराइने भएको छ । यो सम्झौता केडिया अर्गनाइजेसनअन्तर्गतको पुष्पतारा केडिया फाउन्डेसन, बृज सिमेन्ट इन्डस्ट्रिज तथा राष्ट्रिय आविष्कार केन्द्रबीच सम्पन्न भएको हो ।
पुष्पतारा केडिया फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको लागि तत क्षेत्रमा संरक्षण तथा टेवा पु¥याउने कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको नाफारहित संस्थाका रूपमा छ । अनुसन्धानकै कामलाई सघाउन एउटा बृहत् ल्याब खोल्ने राष्ट्रिय आविष्कार केन्द्रको उद्देश्य हो ।
यसैका लागि केही समयमै टेन्डर आह्वान गरिंदै छ, करिब एक करोडको लागतमा बत्रे ल्याबको संरचनाले काम गर्न चाहनेका लागि उपयुक्त वातावरण दिने उनको बुझाइ छ । मेकर स्पेस राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरिरहेको एक प्रयोगशाला हो । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा त्रिवि परिसरमा ६ हजार वर्गफिट क्षेत्रफलमा ल्याब बनाउने काम अधि बढिरहेको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बृज सुपर प्रिमियम ओपीसी सिमेन्टका ब्रान्ड एम्बेसेडरसमेत छन् ।