बैंक अफ काठमाण्डू र रिलायबलबीच बैंकासुरेन्स सम्झौता «

बैंक अफ काठमाण्डू र रिलायबलबीच बैंकासुरेन्स सम्झौता

बैंक अफ काठमाण्डू र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बुधबार हस्ताक्षर गरे । यस सेवाअन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरूले बैंकका ७९ शाखाबाट जीवन बिमा सुलभ र सहजरूपले उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको कमपनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्