महोत्सव अबधिभर फ्रि वाईफाई

कर्णालीमा नै पहिलो पटक हुन लागि रहेको प्रादेशिक तथा औद्योगिक व्यापार महोत्सव अबधिर फ्रि वाईफाईको व्यवस्था गरिएको छ । महोत्सवमा हुने विभिन्न गतिविधि हरूलाई सामाजिक सञ्जालहरूबाट देश विदेशमा प्रचार गर्न तथा फोटो, भिडियो अपडेट गर्न सहजताका लागि फ्रि वाईफाईको व्यवस्था गरिएको हो ।
महोत्सव मूल आयोजक र सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोजी प्राइभेट लिमिटेटसँगको समन्वयमा महोत्सव अबधिभर सिम्पलकोृ फ्रि वाईफाई सेवा सञ्चालन गरिने उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए । उनले भने, महोत्सव हेर्न आउने हरूको लागि समयम अनुसारको माग पूर्तिका लागि फि वाईफाईको व्यवस्था गरिएको हो ।
महोसत्सव स्थलबाटै त्यहाँका गतिविधि फेसबुकमा लाइभ गर्न, फोटो तथा भिडियो अपलोड गर्न, समचारहरू सम्प्रेषण गर्न लगायतका कामका लागि निकै सहज हुने आयोजनकले जनाएको छ । महोत्सव स्थलमा प्रवेश गर्ना बित्तिकै सबैको मोबाइलमा अटो वाईफाई कन्यानेक्ट हुने व्यवस्था गरिएको सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोजी प्राइभेट लिमिटेटका प्रमुख हर्ष शाहीले बताए ।
महोत्सवको तयारी अन्तिम चरणमा
आज (बिहीबार)देखि सुरु हुन लागिरहेको कर्णालीकै पहिलो प्रादेशिक उद्योगिक व्यापार महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ जुम्लाका कार्यालय प्रमुख पारस उपाध्यायले बताए ।
उनले भने, स्टेज व्यवस्थापन,महोत्सव स्थल घेराबार, फिल्ड सरसफाइ तथा निमन्त्रणा बाँडफाँटलगायतका कामहरू अन्तिम चरणमा पुगेको छ । व्यापारिक स्थलहरू निमार्ण भइसकेको उपाध्यायले उल्लेख गरे ।
महोत्सवमा झण्डै १ सय बढी स्टलहरू छन् । महोत्सवलाई शान्त तथा सौहार्द रूपमा सम्पन्न गर्नका लागि प्रहरी प्रशासनदेखि विभिन्न उद्योगी, व्यापारीलगायत अन्य सरोकारवालाहरूसँग छलफल तथा परामर्श कार्यलाई पनि निकै तीव्र पारिएको अध्यक्ष रावलको भनाइ छ । मुख्य मन्त्री महेन्द्रबहादुर शाहीद्वारा उद्घाटन हुने कर्णालीकै पहिलो प्रादेशकि औद्योगिक व्यापार महोत्सवको पहिलो दिन प्रवेश निःशुल्क हुनेछ । उद्घाटनका दिन हुने विभिन्न प्रस्तुतिहरू सबैले निःशुल्क हेर्ने पाउने छन् ।
१४ गतेबाट मात्रै टिक काटिनेछ । टिकक पनि निकै सस्तोमा दिइनेछ । सबैलाई १ सय रुपैयाँमा टिकट लाग्नेछ ।