Logo

७० प्रतिशत विद्यालय पुनर्निर्माण

विद्यालय पुनर्निर्माणमा आर्थिक स्रोतको अभावका बीचमा पनि ३ वर्षमा ७० प्रतिशत विद्यालय पुनर्निर्माण भने सुनिश्चित भएको छ । बाँकी ३० प्रतिशत अर्थात ३ हजार विद्यालय पुनर्निर्माणको आर्थिक स्रोतको अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।विद्यालय पुनर्निर्माणमा आर्थिक स्रोतको अभावका बीचमा पनि ३ वर्षमा ७० प्रतिशत विद्यालय पुनर्निर्माण भने सुनिश्चित भएको छ । बाँकी ३० प्रतिशत अर्थात ३ हजार विद्यालय पुनर्निर्माणको आर्थिक स्रोतको अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।भूकम्प गएको ३ वर्ष पुग्दा निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणका लागि छनोट  प्रक्रियामा रहेका गरी ७० प्रतिशत निर्माणको सुनिश्चिता भएको हो । यसमध्ये पनि निर्माण सम्पन्न भएका ३ हजार ६ सय १३, निर्माणाधीन १ हजार ७ सय १९ र निर्माणका लागि छनोटमात्र भएका ३२८ गरी ५ हजार ६६० विद्यालयको पुनर्निर्माण सुनिश्चिता भएको केन्द्रिय आयोजना कार्यन्वयन ईकाई (सिलपिआइयु शिक्षा) कार्यलयले जनाएको छ ।नेपाल सरकार, विकास साझेदार र संघसंस्थाको सहयोगमा भूकम्पप्रभावित ३१ जिल्लामा विद्यालय पुनर्निर्माण सम्पन्न गरेको हो । विद्यालय पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको पोष्ट डिजास्टर रिकभरी फ्रेमवर्क (पीडीआरएफ)का अनुसार देशभरका भूकम्पप्रभावित सबै विद्यालय पुनर्निर्माण गर्न १ खर्ब ३० अर्ब लाग्ने अनुमान गरेको भए पनि हाल पूर्णरुपमा क्षति भएका विद्यालयको संख्या १ हजार घटेपछि हाल १३० अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ । हालसम्म ८३ अर्ब रुपैयाँको स्रोत सुनिश्चित हुदासम्म ७० प्रतिशत विद्यालय पुनर्निर्माण हुने देखिन्छ । अब थप ३ हजार विद्यालय पुनर्निर्माणका लगभग ४७ अर्ब रुपैयाँको आर्थिक स्रोत सुनिश्चिता नभएपनि विद्यालय व्यवस्थापन समितिमार्पmत विद्यालय निर्माण गर्ने हो भने लगभग ३० अर्ब रुपैयाँ भए सबै विद्यालय निर्माण हुने सीएलपीआईयू शिक्षाका परियोजना निर्देशक इमनारायण श्रेष्ठले बताए । २०७२ वैशाख १२ को भूकम्पबाट देशभरी ९ हजार विद्यालय र बढी प्रभावित ३२ जिल्लामा ७ हजार ९ सय २३ विद्यालयहरूमा क्षति पुगेको थियो । ती विद्यालयहरूको २१ हजार १ सय ६९ कक्षाकोठा पूर्ण रुपमा, १२ हजार ५ सय २२ कक्षाकोठा अधिक रुपमा र १५ हजार ९ सय ९० कक्षाकोठामा आंशीक रुपमा क्षति पुगेको थियो ।विद्यालय पुनर्निर्माणका लागि आपतकालिन विद्यालय पुनर्निर्माण आयोजना (इएसआरपि) लगायत आधा दर्जन विकास साझेदार, संघसंस्था र सरकारले भूकम्पपछि पुनर्निर्माणमा सहयोग गदै आइरहेका छन । इएसआरपिले ६ जिल्लाका २३६ विद्यालयहरू निर्माण गर्ने लक्ष्य लिएको छ । सो आयोजना अन्र्तगत  जाइकाको ऋण सहयोग र नेपाल सरकारको १८ प्रतिशत सहित विद्यालय निर्माणका लागि ११.४ अर्व रुपैया सहयोगमा निर्माण कार्य भईरहेको छ । यसै गरी एडिबिसँग युएसएडको ९.६ अर्ब रुपैया सहयोगमा भूकम्प आपतकालीन सहायता आयोजना (इइपिए) अन्र्तगत ८ जिल्लाका १५४ विद्यालय निर्माण कार्य भईरहेको छ । यसरी नै भूकम्प प्रभावित समुदायका लागि विपद जोखिम न्युनीकरण तथा जीवनयापन पुनर्स्थापन परियोजना ( डिआरआरएलआरइएसि) परियोजना अन्र्तगत जापान सरकार, एडिबीको सहयोग ८ जिल्लामा १÷१ वटाका दरले विद्यालय निर्माणका लागि ८० करोड रुपैयाको सहयोगमा पुनर्निर्माणको काम भईरहेको सिएलपिआईयुले जनाएको छ । यस्तै छिमेकी देश भारतीय अनुदान सहयोगमा विद्यालय निर्माण कार्यक्रम अन्र्तगत गोरखा, धादिङ, नुवाकोट, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, काभ्रे  गरी ७ जिल्ला प्रति जिल्ला १० दरले ७० विद्यालयहरू  ५ अर्ब  रुपैया सहयोगमा निर्माण गर्ने लक्ष्य रहेको छ । चिनिया सहयोगमा भूकम्प प्रभावित ४ जिल्लामा करीब २ अर्ब (टर्न कि) ७ विद्यालयहरू विद्यालय निर्माण लक्ष्य रहेको छ । यसमा चिनिया टोलीबाट दरबार स्कूल, सिन्धुपाल्चोकका २ विद्यालय, रसुवाका २ विद्यालय र दोलखाका २ गरी सबै ७ विद्यालयहरूको फिजिविलिटी सर्भे सम्पन्न गरिसकेको छ । विपद उत्थानशील सार्वजनिक विद्यालय भौतिक संरचना र समुदाय (डिआरपिएसआइसि) आयोजना अन्र्तगत एडिबि र नेपाल सरकार २० अर्व रुपैयाको आर्थिक सहयोगमा भूकम्प प्रभावित १४ जिल्ला  १८० विद्यालय पुनर्निर्माण र १३८ विद्यालयहरू रेक्ट्रोफिटिङ गर्ने लक्ष्य रहेको छ । गैर सरकारी संस्थाहरूको अनुमानित १० अर्ब रुपैयाको सहयोगमा भूकम्प प्रभावित ३१ जिल्लाका १ हजार ५०० विद्यालय पुनर्निर्माण लक्ष्य रहेकोमा हाल सम्म करीव १८० गैसस बाट १ह जार ५० विद्यालयहरूको निर्माण सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्