एभरेष्ट मार्सललाई १२ पदक «

एभरेष्ट मार्सललाई १२ पदक

यूएई – नेशनल जेकेएस १४ च्याम्पियनशीपमा दुबईमा रहेको नेपाली टीम एभरेष्ट मार्सल आर्टका खेलाडीहरूले ६ स्वर्ण, ५ रजत र एक काश्य पदक हात पार्न सफल भएका छन् । एभरेष्ट मार्सल आर्टका प्रमुख कोच तथा टेक्निकल डाइरेक्टर रबि शाहीका अनुसार उक्त प्रतियोगितामा महिलातर्फ केञ्जल श्रेष्ठले १० वर्षमुनिको समूहमा काता र कुमुते गरी दुई स्वर्ण हात पारेकी छन् ।
यसैगरी, आशना पाण्डेले १२ वर्षमुनिको समूहअन्तर्गत कुमुतेमा स्वर्ण र कातामा रजत गरी दुई पदक जितेकी थिइन् । त्यसैगरी, पुरुषतर्फ विजय तामाङले जुनियरतर्फको ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् भने सरोज पाख्रिनले सिनियरतर्फको ५५ केजी समूहमा स्वर्ण पदक हात पारे । यस्तै, लक्ष्मण थापाले ब्लाय्क बेल्ट क्याटागोरीतर्फ ५५ केजी तौल समूहमा स्वर्ण पदक र कातामा पनि रजत पदक जित्न सफल भएका थिए ।
जुनियर कुमुतेअन्तर्गत ५५ केजी तौल समूहमा विनोद राई, ६५ केजी तौल समूहमा राम तामाङ र ६० केजी तौल समूहमा दिनेश सिंह यैयारले रजत पदक हात पारेका छन् । योसँगै यैयारले कातातर्फ पनि रजत पदक जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्