गिट्टी कुटेरै चल्छ जीविका «

गिट्टी कुटेरै चल्छ जीविका

सन्धिखर्क-दिउँसोको टण्टलापुर घाम । गिट्टी कुट्ने काममा व्यस्त हुदाँ पसिनैपसिना बगिरहेको । विहान बेलुकाको छाक टार्नका लागी महिलाहरू गिट्टी कुट्नमै व्यस्त थिए । विहान उज्यालो भएपछी बेलुका अँध्यारो नहुदाँसम्म गिट्टी कुट्नै व्यस्त रहने गर्छन महिलाहरू ।
गिट्टी कुटेर जीविका चलाउँदै आएकी सन्धिखर्क नगरपालिका १० अर्घाकी पुतला नेपाली भन्छिन्, “धेरै चुनाव आए गए, नेताहरू माथी माथी गए, तर श्रमीकहरूलाई ध्यान दिएनन्, विहान ७ बजे गिट्टी कुट्न आउँछु, बेलुका राती हुन्छ घर पुग्दा, मासिक २५ सयँ भन्दा बढी कमाउँन सकिँदैन, सँधैभरी मजदुरी गर्नेले यसरी कहाँ जीविका चलाउन सकिएला र ?” स्थानीय सरकारले गिट्टी क्ट्नेको ज्यालामा ध्यान दिनुपर्ने भन्दै उनले भनिन्, “गिट्टी कुटेर बल्लबल्ल खान पुगेको छ, यसमा सामाजिक सुरक्षा भत्ताले थप भएको छ जीविका चलाउन ।”
“२० देखि २५ दिन लाग्छ, एक ट्याक्टर गिट्टी कुट्न्, जम्मा २५ सय आम्दानी हुन्छ, कसरी घरपरिवार पालेर बस्ने ?” अर्घाकी नै विष्णु नेपालीले भनिन् । १० जनाको परिवार छ, आम्दानी निकै कम हुन्छ, महिलाले गिट्टी कुट्दा निकै आपत हुन्छ, महिला क्षमता अभिवृद्धि कार्यक्रम ल्याउन ध्यान कहिले जान्छ सरकारको ।
दिनभर गिट्टी कुट्दा हात फुटेका विष्णु नेपाली आखाँबाट आँशु निकाल्दै भन्छिन्, “११ जनाको परिवार छ, गिट्टी कुटेर धेरै आम्दानी हुदैंन, खानको जोहो गर्ने की, छोराछोरी पढाउने ?”

प्रतिक्रिया दिनुहोस्