एप्पलले गुमायो ६४ अर्ब डलर «

एप्पलले गुमायो ६४ अर्ब डलर

वासिङटन-आईफोनको मागमा आएको गिरावटका कारण एप्पलले ६४ अर्ब डलर गुमाएको छ । सोमबारदेखिको तीनदिने कारोबार अवधिमा सामसङको सेयरमा ७.१ प्रतिशतको गिरावट आएको छ । यसले सेयर होल्डरको मूल्यमा ६३.९ अर्ब डलरको क्षती भएको छ । ताइवानको सेमिकन्डक्डर उत्पादकको अपेक्षा भन्दा कमजोर अवस्थाको निर्देशिकाले यो गिरावटमा झनै बलेको आगोमा घिउको काम गरेको छ ।
विश्वकै ठूलो सेमिकन्डक्टर फाउन्डरी र एप्पल चिपको प्रमुख साझेदारले आफ्नो दोस्रो त्रैमासको आम्दानी प्रक्षेपण ७.८ अर्ब देखि ७.९ अर्ब डलरको क्षेत्रमा हुने अपेक्षा गरेको छ । यो वाल स्ट्रिटको ८.८ अर्ब डलरको अपेक्षा भन्दा कम हो । यो प्रक्षेपणमा कमी आउनुलाई मोबाइल क्षेत्रमा देखिएको कमजोर मागलाई दोष दिइएको छ ।
“हामीले मार्च त्रैमासको रिपोर्ट सार्वजनिक हुने अपेक्षा गरेका छौ । तर जुन त्रैमासको अनुमानलाई समीक्षात्मक रुपमा घटाउनु पर्ने भएकाले मे १ सम्मको आम्दानीप्रति सावधानी अपनाइएको छ,” विश्लेषक काटी हुबर्टीले लेखेका छन् ।
अर्को महत्वपूर्ण एप्पलका आपूर्तिकर्ताले जुनको त्रैमासको निर्देशिकालाई नाटकिय रुपमा घटाएको छ ।
आईफोन एक्समा प्रयोग हुने अप्टिकल सेन्सरको अस्ट्रियाको एएमएसले दोस्रो त्रैमासको बिक्री २२ करोडदेखि २५ करोड डलरको बीचमा रहने अपेक्षा गरेको छ । यो अघिल्लो त्रैमासको तुलनामा ५० प्रतिशतले कम हो ।
“हामी विशेष किसिमका उपभोक्ताको बारेमा छलफल गर्न असफल भएका छौ । तर हामीले विशाल आकारको स्मार्टफोनको कार्यक्रमको व्यवसायमा ठूलो गिरावट आउने देखेका छौ । यसले उपभोक्ता व्यवसायमा बलियो प्रभाव पारेको र यसले समग्र कम्पनीलाई पनि प्रभाव पारेको छ,” एएमएसका लगानीकर्ता सम्बन्धका प्रमुख मोरिज जिमेनियरले बताए ।

 

प्रतिक्रिया दिनुहोस्