रोयल इनफिल्डको ‘सर्भिस राइड’ «

रोयल इनफिल्डको ‘सर्भिस राइड’

नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता विवेक अटोमोबाइल्स प्रालिको सर्भिस राइड -याली सकिएको छ । गत शनिवार भएको उक्त -याली रोयल इन्फिल्डका सर्भिस मेनेजर बिबेक मिश्रले बालाजु सोरुमबाट सुरु गरेका थिए ।
बालाजुबाट सुरु भएको उक्त -याली माछापोखरी, सामाखुसी, पानीपोखरी, महाराजगन्ज, बाँसबारी, गोल्फुटार, हात्तिगौंडा, वुढानिल्कण्ठ, शिवपुरी हुँदै शिवपुरीको ग्रिनभ्याली रिसोर्टमा पुगेर सम्पन्न भएको थियो । उक्त -यालीमा ३३ जना रोयल इन्फिल्डका सहित ४ जना राइडरको सहभागिता थियो । राइडर रमेश अवालेले रोड क्याप्टेनको भूमिका निभाएका थिए ।
-यालीको मुख्य उद्देश्य भनेको राइडरहरुलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना र जनचेतना, पर्यावरण एवं वातावरणमैत्री सडक अनुशासनबारे जानकारी दिनु रहेको कम्पनीले जनाएको छ । रोयल इन्फिल्ड मोटरसाइकल एउटा ऐतिहासिक प्रतिष्ठित अन्तर्राष्ट्रिय आइकनिक ब्रान्ड हो । नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्सले १९ वटा शाखा तथा डिलरबाट बिक्री बितरण तथा बिक्री पछिका सेवाहरु प्रदान गरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्