माछापुच्र्रे बैंकले टर्कीबाट रेमिट्यान्स भित्र्याउने «

माछापुच्र्रे बैंकले टर्कीबाट रेमिट्यान्स भित्र्याउने

माछापुच्र्रे बैंक र टर्कीस्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट कायम मुकायम नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समिति सदस्य शेरहन काभीले हस्ताक्षर गरे । उक्त सम्झौतासँगै टर्कीबाट नेपाल रेमिट्यान्स भित्र्याउने माछापुच्र्रे बैंक पहिलो बैंक भएको छ । युनिभर्सल पेमेन्ट ट्रान्सफर टर्कीस्थित अक्टिफ बैंकको पूर्ण स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो र यसको टर्कीमा मात्र ४ हजार ७ सयभन्दा बढी ग्राहक सेवा केन्द्र छन् ।
ग्राहकको सन्तुष्टि र ग्राहक सेवामा समर्पित भएको हुँदा युनिभर्सल पेमेन्ट ट्रान्सफर विश्वभरि नै पैसा पठाउन धेरै मानिसहरूको रोजाइसमेत रहेको बैंकले जनाएको छ । यो सम्झौतासँगै टर्कीमा कार्यरत करिब १२ हजार नेपालीले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र टर्कीबाट युनिभर्सल पेमेन्ट ट्रान्सफर रेमिटमार्फत स्वदेशमा पठाएको रकम माछापुच्र्रे बैंकका सबै शाखाहरूमार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्